सिन्धुली,९ बैशाख – सिन्धुलीको मरिण गार्उपालिकाले को'रोना भा’इरस(को’भिड–१९) बाट आफ्ना नागरिकहरुलाई ब'चाउन स'चेतनामुलक कार्यक्रम चलाएको छ । गाउँपालिकाको सात वटै वडाका वडाअध्यक्षहरुको संयोजकत्वमा एक समिति गठन गरी महिला स्वास्थ्य स्वायमसेविका मार्फत को'रोना भा’ईरसबाट बच्ने उपायहरु समेटेर प्रचार प्रसार गर्दै स'चेतनामुलक कार्यक्रम चलाएको हो ।
सम्बन्धित वडाका वडाअध्यक्ष, महिला स्वास्थ्य स्वायमसेविका, सु'रक्षा कर्मी, नेपाल रेडक्रस सोसाईटी उपशाखाका प्रतिनिधि, अन्य स्वास्थ्य संघसंस्थाका प्रतिनिधिहरु रहेको समितिले वडाको टोल टोलमा गएर को'रोना भा’ईरस बारेमा स'चेतनामुलक कार्यक्रमहरु ति'व्ररुपमा चलाईरहेको मरिण गाउपालिका अध्यक्ष पानीराज बम्जनले जानकारी दिनुभयो ।
उक्त समितिले टोल टोलका नागरिकहरुलाई ल'कडाउनका बारेमा, सामाजिक दुरी कायम गरी बस्ने बारेमा, साबुनपानीले नियमिति हात धुनुपर्ने लगाएतका बारेमा जानकारी गराउने अध्यक्ष बम्जनले बताउनुभयो । उहाँले ल'कडाउनका कारण स'मस्या परेका ज्यालामजदुरी गरेर गु'जरा गर्ने नागरिकहरुलाई रा'हत वितरण गर्न वडाहरुमा लगत संकलनको काम भईरहेको बताउनुभयो ।