शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीमा तराईबाट आउने तरकारी र खाद्यान्नमा एक साता प्र'तिबन्ध

मंगलवार , बैशाख २, २०७७

सिन्धुली, २ बैशाख – सिन्धुलीमा तराईका विभिन्न जिल्लाबाट आयात हुने तरकारी, खाद्यान्न लगाएतका बस्तुहरुमा एक साता सम्म प्र'तिबन्ध लगाइएको छ । आज प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेको अध्यक्षतामा बसेको सर्वपक्षिय बैठकले तराईका विभिन्न जिल्लाबाट सिन्धुलीमा आयात हुदै आएका फलफुल, तरकारी, माछा मासु, अण्डा, कुखुराको चल्ला, खाद्यान्नका बस्तुहरु आयात तथा ढुवानीमा प्र'तिबन्ध लगाएको हो ।

पछिल्लो समय दुई नम्बर प्रदेश र त्यसका विभिन्न जिल्लाहरुमा को’रोना भा’ईरस(को’भिड–१९) को सं’क्रमीतहरु भेटिन थालेको छ । तराईका जिल्लाहरुबाट यस्ता बस्तुहरु आयात तथा ढुवानी गर्दा सिन्धुली जिल्लामा पनि को’रोना भा’ईरसको सं’क्रमण फैलिन सक्ने जोखिम देखिएकाले तराईबाट आयात हुदै आएका सबै बस्तुहरुमा प्र’तिबन्ध लगाईको प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले जानकारी दिनुभयो । “सिन्धुली जिल्लालाई को’रोना भा’ईरसको उच्च जो’खिम जोगाउन तथा को’रोना भा’ईरस्को सं’क्रमण रोकथाम, नि’यन्त्रणका लागि आगामी एक साता प्र’तिबन्ध लगाईएको हो ’, प्रजिअ पाण्डेले भन्नु भयो ।

बैठकले जिल्लामा सञ्चालित दुध,फलफुल, तरकारी तथा खाद्य सामाग्रीको पसल बिहान ६ बजे देखी ९ बजे सम्म दिनमा एक पटक मात्र मात्र खोल्ने पाईने निर्णय गरेको छ ।

बैठकले को’रोना भा’ईरस्को सं’क्रमण फैलिन नदिन सचेतनामुलक कार्यक्रमहरु संचालन गर्न, लकडाउनको कार्यान्वयनमा सहयोग गर्न राजनितिक दलले आफ्ना कार्यकर्ता, भातृसंगठनका कार्यकर्तालाई निर्देशन दिने निर्णय पनि भएको छ ।

बैठकमा बागमती प्रदेशसभा सदस्यहरु,जिल्ला समन्वय समितिका प्रमुख, कमलामाई नगरपालिकाका प्रमुख, राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया