सिन्धुली,३० चैत – ल'कडाउनका बेला म्या'द ना'घेका खाद्यवस्तु र तरकारी बेच्ने व्यापारी माथि कमलामाई नगरपालिकाले अ'नुगमन बढाएको छ ।
नगरपालिकाका उपप्रमुख मञ्जु देवकोटाको नेतृत्वमा भिमान बजार अ'नुगमन गरिएको छ । अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीका प्रतिनिधि सहितको टोलीले भिमान बजारमा रहेको तरकारी तथा फलफुल बजार, किराना पसल, डेरी लगायत विभिन्न दैनिक उपभोग्य सामाग्री बिक्रि गर्ने पसल अ'नुगमन गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका उपप्रमुख मञ्जु देवकोटाका अनुसार, सेनिटाइजर, बजार अनुगमनको क्रममा कु'हिएका फलफूल, तरकारी बिक्री गरिरहेको पाइएको र त्यस्ता वस्तुलाई न’ष्ट गरिएको थियो । कतिपय किराना पसलमा म्याद ना'घेका खाद्यवस्तु समेत पाइएको र तिनलाई समेत न'ष्ट गरिएको जनाइएको छ ।
व्यवसायीलाई मूल्य सूचिसमेत राख्न सो अवसरमा आग्रह गरिएको थियो । अनुगमन समितिले बिहीबार माढी बजारमा अनुगमन गरेको थियो । तरकारी कृषि उपज बजार, किराना पसल, डेरी लगायत विभिन्न दैनिक उपभोग्य सामाग्रीहरुको बजार अनुगमन गरिएको जनाइएको छ ।