सिन्धुली,३० चैत – गर्मी मौसमको थालनीसँगै सिन्धुली जिल्लाका विभिन्न भागमा रहेका खोला सु'क्दै जान थालेपछि किसानलाई बालि लगाउन ह'म्मे परेको छ ।
गर्मी मौसमका कारण खोलामा पानी सु'क्दै गएपछि बाँ'झो जमिनमा सिंचाई गर्न क'ठिन हुदा बाली लगाउन निकै ग्रा'हो भएको किसानहरु गु'नासो छ । बिशेष गरी खहरेखालाको पानीबाट जमिन सिंचाई गर्ने कृषकलाई धेरै अ'सुविधा उत्पन्न भएको उनीहरुको भनाई छ ।
सिन्धुली जिल्लामा चुरे जंगलबाट निस्किएका सानाठूला गरी खहरेको संख्या एक सयभन्दा बढी हरेको बताईएको छ । जिल्लामा सिंचाई कार्यका लागि पानीको स्थायीस्रोत भएका कमला नदी र मरिणखोलामा समेत पानीको बहाव घट्नाले उक्त कार्यमा कठिन भएको दुधौली नगरपालिका –१ निवासी किसान नरनाथ पहाडी बताउनुहुन्छ ।
“ग'र्मी मौसममा सिंचाई कार्यका लागि कमला नदी र मरिणखोलाको पानी समेत अ'पर्याप्त छ,” उहाँले अगाडी भन्नुभयो, ‘झन् खहरेखोला त पानी सु'केर सुख्खा देखिएका छन् । कतिपय खोलामा त पानी सु'केर कमिला वारपार गरेको अवस्था छ यतिखेर ।”
त्यसो त सिन्धुली जिल्लाका अधिकांस बासिन्दा कृषि पेशामा आश्रीत छन् । गर्मी मौसममा खोलामा पानी सु'क्न गई उ'त्पन्न सिंचाई अ'सुविधाबाट जिल्लाका अधिकांस किसानहरु प्र'भावित बनेका छन् । आफ्नो खेत नजिकै रहेको खहरेखोलामा पानी सु'क्नाले मकै छर्न समेत नपाई खेत बाँ'झै बसेको दुधौली नगरपालिका–३ निपानेका किसान धनलाल दनुवार बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, “बर्षादको मौसममा मानिस नै तर्न नसक्ने गरी बाढी आउने खहरेखोलामा हिउद मौसमको सुरुसँगै पानी सुकेर थोपा पनि देख्न पाईदैन ।” किसानका अनुसार सिंचाई सुविधामा भएको क'ठिनाईले कृषि उत्पादनमा नै प्रतिकुल अ'सर परेको छ । जस्ले गर्दा कृषकले निकै ठूलो स'मस्या व्य'होर्नु परेको छ । पानीको स्थायी स्रोत भएका खोलामा सिंचाई योजना सम्पन्न गरी दीर्घकालिन सिंचाई सुविधा पुर्याउन सम्बन्धित निकायले सोच्नु पर्ने कृषकहरु बताउछन् ।
त्यसो त कृषि ज्ञान केन्द्रका अनुसार सिन्धुली जिल्लामा कृषि योग्य जमिनको क्षेत्रफल ३४ हजार हेक्टर रहेको छ । यो मध्ये बाह्रै महिना सिंचाई सुविधा उपलब्ध गराउन सक्ने जमिनको क्षेत्रफल २० हजार ६५२ हेक्टर रहेको छ । हालसम्म नेपाल सरकारको लगानीमा निर्माण भएका विभिन्न सिंचाई योजनाबाट आठ हजार ९३१ हेक्टर जमिनमा मात्रै बाह्रै महिना सिंचाई सुविधा उपलब्ध भएको छ । त्यस्तै मौसमी(पानी परेको बेलामा) सिंचाई सुविधा उपलब्ध जमिनको क्षेत्रफल पनि छ हजार ३४८ हेक्टर रहेको छ ।
जिल्लामा सिंचाई सेक्टर कार्यक्रम अन्तर्गत १५ वटाभन्दा बढी ठूला सिंचाई योजना निर्माण पुरा भएका पनि कार्यालयले जनाएको छ ।