शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीमा पानीको अभाव हुन दिन्न : अध्यक्ष श्रेष्ठ

आइतवार , चैत्र ३०, २०७६

सिन्धुली,३० चैत – को’रोना भा’ईरस् ( को’भिड १९) को सं’क्रमणको म’हामा’रीले विश्वलाई आ’तंकित बनाएको छ । यस म’हामा’रीबाट नेपाल पनि अच्छुत्तो रहन सकेन । को’रोना भा’ईरस्( को'भिड– १९)को सं’क्रमण फैलिन नदिन सरकारले देश पुरै लकडाउन गरेको छ । लकडाउनका कारण मानिसको आवातजावात, सवारी साधन, कार्यालय, कलकारखाना, विकास निर्माणका काम लगाएत अत्यावश्यक बाहेकका सबै कुरा बन्द छ ।

पटक पटक साबुन पानीले हात धुदा पनि को’रोना भा’ईरसाबाट बच्न मद्धत पुग्ने चिकित्सकहरुको सुझाव छ । यसरी पटक पटक हात धुन पानी प्रसस्त चाहिन्छ । त्यही पानिको अभाव हुन नदिन सदरमुकाम सिन्धुलीमाढीमा खानेपानी वितरण गर्दै आएको शिद्धेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता समिति सर्तक रहदै लकडाउनका बेलामा पनि खटिरहेको छ ।

लकडाउनका बेलामा पानी वितरण नरोकियोस् भनेर दैनिक १२ जना प्राविधिक तथा कर्मचारी नियमित खटाईएको शिद्धेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष महेन्द्रदेव श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो,“घा”तक रो’ग को’रोना भा’ईरसको सं’क्रमणबाट बच्न नियमित साबुन पानीले हात धुन आवश्यक छ । हात धुनलाई पानी पनि चाहियो । यस्तो बेलामा पानीको अभाव त हुन दिनुभएन । त्यस कारण हाम्रा उपभोक्ताहरुको घरमा पानीको अभाव हुन नदिन हामी लकडाउनमा पनि सुरक्षित तबरले काममा खटिरहेका छौं । हाम्रा प्राविधिकहरु पनि खटिरहेका छन् । म सबै उपभोक्ताहरुलाई आग्रह गर्छु तपाई नियमित साबुन पानीले हात धुनुहोस । हामी पानीको अभाव हुन दिन्नौ.।”

उहाँले साबुन पानीले हात धुनका लागि सार्वजनिक स्थल, सरकारी कार्यालय लगाएतका ठाउँमा २४ सैं घण्टा पानी वितरण गरिएको जानकारी दिनुभयो ।

“हामीले साबुन पानीले हात धुनका लागि सिन्धुली अस्पताल, जिल्ला प्रशासन कार्यालय, अन्य सार्वजनिक स्थलहरुमा २४ सै घण्टा पानी वितरण गरिरहेका छौं । हामीले सबैलाई भनेका छौं । साबुन पानीले हात धुन जहाँ पानी आवश्यक छ त्यहाँ हामी २४ सैं घण्टा पानी दिन तयार छौं”उहाँले भन्नुभयो ।

शिद्धेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता समितिले सदरमुकाम सिन्धुलीमाढीमा विभिन्न वडाहरुका ३ हजार ७ सय घरधुरीका २५ हजार जनसंख्याँलाई अहिले पानी वितरण गर्दै आएको छ । कमलामाई नगरपालिका–४ स्थित ग्वाङखोला र कमलामाई नगरपालिका–७ स्थित गड्यौली खोलाको दुई वटा मुहानबाट दैनिक २५ लाख लिटरको हाराहारीमा खानेपानी आपूर्ति गरी गर्दै आएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । सदरमुकाममा खानेपानीको माग बढ्दै गएपछि सदरमुकाम सिन्धुलीमाढीमा दैनिक १० लाख लिटर खानेपानी थपिने गरी दुई ठुला आयोजना सुरु भएको छ । वाग्मती प्रदेश सरकारको १७ करोड सहयोग र उपभोक्ताहरुको तर्फबाट १५ प्रतिशत लगानीमा थप दुई वटा योजना निर्माण प्रक्रिया सुरु भएको अध्यक्ष श्रेष्ठको भनाई छ ।

कमलामाई नगरपालिका ४ र ५ को बीचमा लब्दाह खोला र कमलामाई नगरपालिका–७ स्थित गड्यौली खोलामा नयाँ मुहान बनाई बहुवर्षे योजनाअन्तर्गत सम्झौता गरी काम सुरु भइसकेको उहाँले जानकारी दिनुभयो ।

“‘प्रदेश सरकारसँग सम्झौता भएर ठेक्का पनि लागि काम सुरु भएको थियो । तर अहिले को’रोनाका कारण स्थित भएको छ । को’रोनो भा’ईरसको जो’खिम कम हुने वित्तिक्कै सुरु हुन्छ”अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

अहिले भइरहेको योजनाले खानेपानीको माग धान्न नसकेकाले नयाँ योजना सञ्चालन गर्नुपरेको उहाँले बताउनुभयो । उहाँका अनुसार गड्यौली खोलाको मुहानबाट ठूलीटारमा २ सय घरधुरीलाई खानेपानी वितरण गरिनेछ र बाँकी पानी माझीटार हुँदै माढीबजारका उपभोक्तालाई वितरण गर्ने योजना रहेको छ । कमलामाई नगरपालिका वडा नं. ५ मिलनचोक लब्दाहा खोलाबाट पानी लिफ्ट गरी भूमिडाँडामा तानेर १ लाख लिटर क्षमताका तीन वटा ट्यांकी निर्माण गरी खानेपानी संकलन गर्ने भएको छ । उक्त खानेपानी कमलामाई नगरपालिका वडा नं. ५ को बोझे, गैंयाटार, चिसापानी झोरा, साङ्वाले, धुराफाँट र वडा नं. ४ को ढकालगाउँ, सातपत्रेलगायत स्थानमा वितरण गरिने उहाँले जानकारी दिनुभयो । दुवै योजनाबाट प्रतिसेकेन्ड २० लिटर पानी झर्ने उहाँको भनाई छ ।

सिन्धुलीमाढीमा पानीको दिर्घकालीन व्यवस्थापनका लागि संस्थाले योजनाहरु बनाईरहेको भन्दै सरकारले सुरु गर्न थालेको मरिण सुनकोशी डाईभर्सनबाट सदरमुकाममा पानी ल्याउन सकिन्छ कि भनेर सोही योजना बनाएको बताउनुभयो । संस्थाले अहिले पाँच ओटा मुहानबाट दैनिक २८ लाख लिटर पानी वितरण गरिरहेको जनाएको छ ।

प्रतिक्रिया