सिन्धुली,२९ चैत – को'रोना भा'ईरसको सं'क्रमण र जो'खिम रोक्नका लागि गरिएको लकडाउनमा सिन्धुलीको घ्याङलेख गाँउपालिकाले आ'वागमनमा थ'प क'डाई गरेको छ ।
गाँउपालिका प्रवेश गर्ने तीनवटै ना'काहरु भद्रकाली, सातदोवाटो र जुकेपानीमा ढा'ट राखेर मान्छे रु'ग्न बसेका गाँउपालिका अध्यक्ष जगतबहादुर भोलनले जानकारी दिनुभयो । उहाँले लकडाउनको कार्यान्वयन प्रभावकारी रुपमा भएको चर्चा गर्दै हिडडुल ब'न्द गरिएको सुनाउनुभयो ।
‘हरेक नाकामा स्थानीय दुई/चार जनाले पहरा दिई रुगेर बसेका छन्,’ उहाँले भन्नुभयो, ‘गाँउपालिका भित्र बसोबास गर्ने कोही मानिस प्रवेश गरे भने कुन वडाको, कुन टोलको, कस्को छोराछोरी, ठेगाना सहित टिपेर बिबरण राख्ने गरेका छौं ।’
गाँउपालिकामा चैत ४ गतेपछि कोही पनि भारत वा तेस्रो मुलकबाट नआएको जानकारी दिदै उहाँले चैत ४ गते मलेसिया र कतारबाट आठ जना आएको र उनीहरु होम क्वारेन्टिनमा बसेको बताउनुभयो । उनीहरु विदेशबाट आएको पनि २५ दिन भई सकेको र सबैको अ'वस्था राम्रो भएको गाँउपालिकाले जनाएको छ ।
विदेशबाट आएका व्यक्तिहरु मध्ये वडा नं. १ मा तीन जना, वडा नं. २ मा एक जना र वडा नं. ५ मा चार जना रहेका पनि गाँउपालिकाले जनाएको छ ।