शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुली सदरमुकामको जंगल ख'रानी हुँदै

शनिवार , चैत्र २९, २०७६

सिन्धुली २९ चैत —सिन्धुलीको सदरमुकामका सामुदायिक वनमा ग'र्मी र हा'वाहुरीको मौसमसँगै व्या'पक ड'ढेलो लागेको छ । सामुदायिक वनहरूमा लागेको ड'ढेलोका कारण संरक्षित वन न'ष्ट हुने तथा नजिक रहेका घरगोठमा क्ष'ति हुने भन्दै स्थानीय त्र'सित छन् ।

सदरमुकामको च्याउकोट, कमलामाइ, कोप्चेखोला लगायत दर्जनौं सामुदायिक वन समूहमा ला'गेको ड'ढेलो शनिबार बिहानसम्म नि'भेको छैन । घासको लो'भमा गोठाला तथा घाँसीहरूले आ'गो स'ल्काइदिने भएकाले स्थानीयले नि'यन्त्रणका लागि खासै प्रयास गर्दैनन् । घर तथा बस्तीमा आ'गलागी भएमा मात्र नि'भाउने प्रयास हुने गरेको छ ।

च्याउकोट सामुदायिक वनको देउराली संरक्षित साल जंगलमा लागेको ड'ढेलोको केही भाग भने शुक्रबार नगरपालिकाको वारुणयन्त्रले नियन्त्रणमा लिएको छ । स्थानीय, प्रहरी र वा'रुणयन्त्रका कर्मचारी मिलेर ड'ढेलो नि'यन्त्रणमा लिएका थिए तर राति फेरि स'ल्किएको छ। सोही वनको बाघचाल,च्याउकोट, कात्तिके लगायतका स्थानमा भने ड'ढेलो लागिरहेको छ । ड'ढेलोले संरक्षित साल तथा अन्यजातका रुख, वनस्पति, चराचुरुङ्गी र जीवजन्तुलाई प्र'त्यक्ष अ'सर गर्ने वन कार्यालयले जनाएको छ ।

जिल्लाको चुरे क्षेत्र र महाभारत क्षेत्रमा समेत भर'रात जंगलमा ढ'ढेलो लागेको प्रष्टै देखिन्छ । ड'ढेलोका कारण महाभारत क्षेत्रमा पाइने जडिबुटी समेत न'ष्ट भएको छ। ड'ढेलो नि'यन्त्रणका लागि लाखौं बजेट जिल्लाका दुइवटा वन डिभिजन कार्यालयमा आउँछ, तर त्यो तालिम र गोष्ठीमै सी'मित छ। वन कार्यालयका कर्मचारी र उपभोक्ता मिलेर ९० प्रतिशत ड'ढेलो नि'यन्त्रणमा लिएको सिन्धुली वन डिभिजन प्रमुख नारायण श्रेष्ठले दाबी गर्नु भयो ।

सिन्धुली नेपालकै साल जातको रुख प्रशस्त भएको जिल्लामा पर्छ। जिल्लाको ९ वटा स्थानीय तहमध्ये कमलामाइ र दुधौली नगरपालिका, मरिण र हरिहरपुरगढी गाउँपालिकामा चुरे क्षेत्रको जंगल पर्दछ। सिन्धुलीमा हालसम्म पाँचसय पाँचवटा सामुदायिक वन समूह रहेका छन्। एकलाख ५० हजार हेक्टर जंगल उपभोक्तालाई संरक्षणको जिम्मा दिइएको छ।

प्रतिक्रिया