शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

एम्बुलेन्समार्फत ला'गुऔ'षध ओसारपसार गर्ने प'क्राउ

शनिवार , चैत्र २९, २०७६

भरतपुर, २९ चैत - चितवनमा एम्बुलेन्स प्रयोग गरी ला'गुऔ'षध ओसारपसार गर्नेलाई प्रहरीले प'क्राउ गरेको छ । भरतपुर महानगरपालिका–२ जुनहल नजिकै एम्बुलेन्स जाँच गर्ने क्रममा ला'गुऔष'धसहित प'क्राउ परेका तीन जनालाई शुक्रबार सार्वजनिक गरिएको हो ।

नवलपरासीबाट एम्बुलेन्स बुकिङ गरी आएका उनीहरुको साथबाट ना'इट्राजेपाम १८७ ट्याबलेट, स्पा'स्मो प्रोक्सिभन ९४ क्याप्सुल, को'रेक्स एक लिटर र ट्र'माडोल ४० ट्याबलेट ब'रामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो ।

एम्बुलेन्समार्फत ला'गुऔ'षध ओसारपसारमा संलग्न विनोद रानामगर, प्रवीण घर्तीको बयानको आधारमा उक्त ला'गुऔ'षधको माग गर्ने अञ्जन तिमिल्सिनालाई समेत प'क्राउ गरिएको उहाँले बताउनुभयो । निज विनोद रानामगर र प्रवीन घर्तीले चैत २४ गते न'क्कली बिरामी बनेर एम्बुलेन्स चालकलाई फोन गरी बोलाएका थिए । बिरामी लिई बर्दघाट जाने र बर्दघाटबाटसमेत बिरामी ल्याउने भनी एम्बुलेन्सलाई भरतपुर आँखा अस्पताल अगाडि बोलाएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार विनोद रानामगर बि'रामी भएको बहानामा बर्दघाट गएको, बर्दघाट पुगेपछि चालक एम्बुलेन्समा नै बसेको र अन्य दुई जना झरी गएकामा केही समयमा आई यहाँबाट बिरामी लैजान नपर्ने भयो, हामीहरु फर्कौं भनेपछि एम्बुलेन्स फर्कने क्रममा प'क्राउ परेको हो । प'क्राउ परेका तीनै जनाविरुद्ध ला'गुऔ'षध मुद्दा दर्ता गरी अ'नुसन्धान अगाडि बढाइएको छ ।

यस्तै भरतपुर महानगरपालिका–२४ जगतपुरबाट तीन जनालाई ला'गुऔषधसहित प्रहरीले प'क्राउ गरेको छ । प'क्राउ पर्नेहरुमा भरतपुर–२५ शुक्रनगरका ४५ वर्षीय धनमाया भनिने सानुमाया मगर, भरतपुर–२४ जगतपुरका १९ वर्षीय प्रदीप विक, सोही ठाउँका ५७ वर्षीय पदमबहादुर तामाङ रहेका छन् । प्रहरीले उनीहरुको साथबाट प्र'तिबन्धित ला'गुऔषध चार किलो ९३६ ग्राम र कारोवारमा प्रयोग गरिएको प्रदेश २–०३–००५प६६८१ नंको मोटरसाइकल प'क्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय दिव्यनगरबाट खटाइएको प्रहरी गस्ती टोलीले चैत २० गते ३ बजेको समयमा मोटरसाइकल जाँचका क्रममा एक किलो १५ ग्राम गाँ'जा फेला पारेको हो । पक्राउ परेका तीनै जनाविरुद्ध ला'गुऔ'षध मु'द्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया