सिन्धुली,२८ चैत – सिन्धुलीको घ्याङलेख गाँउपालिकाले ल’कडाउनको समयमा वि’पन्न वर्गका परिवारलाई रा’हत बितरण गर्न नामावली संकलन कार्यलाई ती’ब्र बनाएको छ ।
घ्याङलेख गाँउपालिकाले दिने रा’हत सामग्री अरु गाँउपालिकाले दिने रा’हत भन्दा दुई पैसा सस्तो र गु’णस्तरिय हुने गाँउपालिका अध्यक्ष जगतबहादुर भोलनले बताउनु भएको छ । उहाँका अनुसार अहिले गाँउपालिकाका पाँच वटै वडामा रा’हत बितरण गर्न धमाधम नामावली संकलन कार्य भई रहेको छ ।
उहाँले भन्नुभयो, “हाम्रो वडामा बाहिरबाट आएका दैनिक ज्या’लादारी म’जदुर छैनन । तीन महिना पनि खा’न न’पुग्ने वि’पन्न परिवार, काम गर्न न’सक्ने बृ’द्धबृ’द्धा मात्रै भएको घर र ६० बर्ष पुगेका वि’पन्न ए’कल महिलालाई राहत दिन नामावली संकलन गरि रहेका छौं ।”
उक्त नामावली संकलन कार्य एक/दुई दिनमा सकिने र लगत्तै रा’हत बितरण गरिने उहाँको भनाई छ । गाँउपालिका अध्यक्ष भोलनका अनुसार एक परिवारलाई ३० केजी चामल, तीन केजी दाल, एक केजी नुन र एक लिटर तेल रा’हत स्वरुप उपलब्ध गराईने छ ।
रा’हत सामग्री किन्न बागमती प्रदेश सरकारले १० लाख रुपैया उपलब्ध गराएको र उक्त रकम भित्र रहेर रा’हत सामग्री खरिद गरिने गाँउपालिकाले जनाएको छ । “उक्त रकमले नपुगे गाँउपालिकामा रहेको वि’पद व्यवस्थापन कोषको रकम थप्छौ,’ अध्यक्ष भोलनले भन्नुभयो, “वि’पद व्यवस्थापन कोषमा १४ लाख रुपैया रहेको छ । अहिलेसम्म उक्त कोषमा कसैले पनि स’हयोग गरी रकम दिएका छैनन् ।”