शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

आजको सिन्धुली कमलामाई नगरपालिका भित्रका समाचार

बिहिवार , चैत्र २७, २०७६

भिमानमा पनि क्वारेन्टाइन तयार

सिन्धुली ,२७ चैत– को’रोना भा’इरस अर्थात को’भिड–१९ को संभावित सं’क्रमण रोक्न सिन्धुलीको कमलामाई नगरपालिकाले वडा नं. ९ भिमानमा पनि क्वा’रेन्टाइन निर्माण गरेको छ । नगरपालिकाले भिमानमा १० बेडको क्वारेन्टीन तयार गरेको हो ।

भारत तथा विदेशबाट घर फर्केका, को’रोना भा’ईरससँग मिल्दोजुल्दो लक्षण देखिएकाहरुलाई १४ दिन सम्म राख्नका लागि क्यारेन्टीन तयार गरिएको नगरपालिकाले जनाएको छ । कमलामाई नगरपालिकाले यस अघि भु–तथा जलाधार कार्यालय सिन्धुलीको भवनमा र पुरानो जिल्ला प्रशासन कार्यालय बसेको भवनमा पनि क्वयारेन्टीन बनाएको छ । अहिले सम्म कमलामाई नगरपालिकामा ६० वेड क्षमताको क्यारेन्टीन तयार भएको कमलामाई नगरपालिकाका प्रमुख खड्ग बहादुर खत्रीले जानकारी दिनुभयो ।

सिन्धुली पोलिक्लिनिकलाई पिपिइ सहयोग

कमलामाई नगरपालिकाले सिन्धुली पोलिक्लिनिकलाई व्यक्तिगत सु’रक्षा सामाग्री पिपिई सहयोग गरेको छ । कमलामाई नगरपालिकाका प्रमुख खड्ग बहादुर खत्रीले अस्पतालका डा जगदिश कार्कीलाई २ सेट पिपिई सेट हस्तान्तरण गर्नुभएको हो ।

म’हामा’रिको रुपमा फैलिएको को’भिड १९ रोकथामका लागी अग्रपन्तीमा काम गर्ने स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि पिपिई सेट सहयोग गरिएको नगरप्रमुख खत्रीले बताउनुभयो । पिपिइ सेट अभावमा सिन्धुली पोलिक्लिनिकले सेवा नै भन्दा गरेको सामाचारहरु सार्वजनिक भएको थियो ।

पत्रकारहरुलाई सुरक्षा सामाग्री

कमलामाई नगरपालिकाले नेपाल पत्रकार महासंघ सिन्धुलीलाई को’रोना भा’ईरस(को’भिड–१९)को सं’क्रमणबाट बच्न प्रयोग गरिने विभिन्न सामाग्रीहरु सहयोग गरेको छ । नगरपालिकाले पत्रकार महासंघ सिन्धुलीलाई सेनिटाईजर,मास्क, पन्जा लगाएका सामानहरु सहयोग गरेको हो ।

उक्त सामान कमलामाई नगरपालिकाका प्रमुख खड्ग बहादुर खत्रीले नेपाल पत्रकार महासंघ सिन्धुलीका सभापति होम कुमार कार्की(राजन)लाई हस्तान्तरण गर्नुभएको छ । को’रोना भा’ईरसको जोखिमका बेलामा पनि दैनिक समाचार संकलन तथा प्रशारण, प्रकासनका लागि पत्रकारहरु खटिरहेकाले उनीहरुको सुरक्षाको लागि उक्त सामानहरु सहयोग गरिएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया