काठमाडौं , २७ चैत - कडाउनका कारण धेरै मजदूर तथा अन्य अलपत्र परेपछि सरकारले शुक्रबार र शनिबार काठमाडौँबाट बाहिर जान पाइने भएको छ। उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिले यो निर्णय गरेको हो। शुक्रबार र शनिबार उपत्यकाबाट बाहिर जान पाइए पनि आउन भने नपाइने पनि समितिले निर्णय गरेको छ ।यसको मोडालिटी गृह मन्त्रालयले तयार पारिरहेको छ।
समितिका सदस्य तथा भौतिक मन्त्री वसन्त नेम्वाङले लकडाउनका कारण उपत्यकामा रोकिएर बस्न बा’ध्य सर्वसाधरणलाई घरसम्म पुग्नका लागि दुई दिन उपत्यकाबाट बाहिरिने गाडी खुलाउने निर्णय भएको बताउनु भयो। उहाँकाअनुसार यी दुई दिनमा उपत्यकाबाट मात्रै गाडी जान पाउनेछन्। बाहिरबाट उपत्यकामा गाडी आउन पाउने छैनन्।
सरकारले चैत ११ गतेदेखि लागू हुने गरी लकडाउन गरेपछि घर जान नपाएका मदजुर र अन्य सर्वसाधरण बि’लखबन्दमा परेपछि सरकारले यस्तो निर्णय लिएको हो। लकडाउन लम्बिने भएपछि धेरै मानिस अहिले पैदलै उपत्यकाबाट बाहिरिइरहेका छन्। कमाएको पैसो तथा अन्न सकिँदै गएर समस्या हुन थालेपछि एक सातायता कयौँ मानिस पैदलै घर फिरिरहेका छन्।
यस्तोमा सरकारले उपत्यका छाड्न चहानेका लागि दुई दिन गाडी खुलाएर गन्तब्यमा पठाउने निर्णय लिएको हो। सरकाले लकडाउनलाई वैशाख ३ सम्म निरन्तरता दिएको छ भने अन्तर्राष्ट्रिय हवाई उडान वैशाख १८ सम्म रोकिएको छ। यस्तोमा आन्तरिक हवाई उडान र सडक यातायात खोल्ने मितिबारे सरकार अझै अनिर्णित छ। भारतमा कोरोनाले महामारीको रुप लिइरहेको अवस्थामा सरकार पर्ख र हेरको रणनीतिमा बसिरहेको छ।