लकडाउन घोषणापछि काठमाडौँबाट बीपी राजमार्ग हुदै पैदल तराई जान हिडेका यात्रु
सिन्धुली, २७ चैत – लकडाउन सँगै १६० किलो मिटर लामो बीपी राजमार्ग हुदै आफ्नो गत्वब्यमा पुग्ने पैदल यात्रीको संख्या बढ्दै गएको छ ।
को’रोना भा’र्ईरसको संक्रमण रोकथाम गर्न सरकारले लकडाउन घोषणा गरैसँगै काठमाडौँमा रहेका तराईबासी मजदुरहरु बीपी राजमार्ग हुदै पैदेल हिडेर आफ्नो घर हिडेका हुन् । अघिपछि सामान्यतया पाँच घण्टाको गाडीको यात्रामा पार गरिने बीपी राजमार्ग हुदै घर जानेको लर्को नै रहेको स्थानीय बासिन्दा बताउछन् ।
लकडाउन घोषणा भएसँगै १६० किलो मिटर लामो बीपी राजमार्ग हुदै हुलका हुल व्यक्ति तराई गई रहको सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढी निवासी सन्तोष दाहाल बताउनुहुन्छ । उहाँले भन्नुभयो, “सोध्दा काठमाडौँबाट हिडेको तीन दिन/चार दिन भयो भन्छन् । अधिकांस थकित अवस्थामा भेटीने ती व्यक्तिहरु मध्ये कोही गोडा सुन्याएर हिडेको पनि देखिन्छ ।”
विश्वभर फैलिएको को’रोना भा’ईरस रो कथामका लागि सरकारले देश लकडाउन गरेसँगै काठमाडौँमा अ लपत्र परेका सिन्धुलीसहित विभिन्न जिल्लाका यात्रु पैदल नै यात्रा गरेर गन्तव्यमा पुग्न थालेका हुन । बीपी राजमार्गस्थित सिन्धुलीको हिरापानी चोकमा भेटिनु भएका सिरहा जिल्लाको गोलबजार घर बताउने रामविश्वास मण्डल काठमाडौँबाट हिडेको चार दिन भएको बताउनुहुन्छ ।
भक्तपुरस्थित ईटा भटामा काम गर्ने रामबिश्वास लकडाउनका कारण भटा बन्द हुदा अलपत्र परेर साथिहरु मिलेर घर हिडेको बताउनुभयो । स्थानीयका अनुसार बीपी राजमार्ग हुदै हुलका हुल काठमाडौँबाट हिडेरै तराईतर्फ जाने दैनिक यात्रु भेटिन्छन् ।
काठमाडौँबाट हिडेरै तराईका विभिन्न जिल्लामा पुग्ने लक्ष्य राखेर हिडेका कतिपय अलपत्र यात्रुलाई भने बीपी राजमार्गको रुटमा पर्ने नगरपालिका र गाँउपालिकाले स्थानीय प्रशासन र प्रहरीको रोहबरमा गाडी खोजेर गन्तव्यसम्म पुर्याउने काम समेत भई रहेको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी योगन्द्रप्रसाद पाण्डे बताउनुहुन्छ ।
“काठमाडौँबाट हिडेर सिन्धुली जिल्लाको सिमानासम्म आईपुग्दा ७० किलोमिटर भन्दा बढी हिडेको हुन्छन् । हामीले ब्लक (रोक्दा) गर्दा त्यहाबाट फेरी त्यती नै हिडेर फर्किनु पर्यो अथवा बेहाल हुन्छ,” उहाँले भन्नुभयो, “दिन दिनै सयौंको संख्यमा आई रहेका हुन्छन । तीनीहरुलाई कहाँ व्यवस्थापन गर्ने, न त स्रोत नै छ ।”
माथिबाट छाड्ने निर्देशन नभएपनि अवस्थालाई हेरेर पैदल यात्रीलाई गन्तव्यमा जान छाडिएका उहाँको भनाई थियो । काठमाडौँ, ललितपुर र भक्तपुरले त्यहीबाट त्यस्ता व्यक्तिलाई हिड्न नदिए बीचमा यो समस्या सिर्जना नहुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सडकमा यतिखेर हुलका हुल हिड्नु को’रोना भा’र्ईरसको निकै जोखिम रहेको पनि प्रजिअ पाण्डेको भनाई छ ।
बीपी राजमार्ग हुदै आएका पैदल यात्रीलाई सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढी सहित विभिन्न ठाँउमा स्थानीय तह र समाजिक सङघ संस्थाले बिस्कुट, चाउचाउ र पानीको व्यवस्था गरी सहयोग समेत गरेको उहाँले सुनाउनुभयो ।