बिहिवार, कार्तिक १९ गते २०८३

Thursday 5th November 2026

नेपाली काँग्रेस सिन्धुलीद्वारा कै’दीब’न्दीलाई विभिन्न सामान वितरण

बुधवार , चैत्र २६, २०७६

सिन्धुली,२६ चैत – नेपाली काँग्रेस सिन्धुलीले जिल्ला का’रागार सिन्धुलीका कै’दी ब’न्दीहरुलाई विभिन्न सामानहरु सहयोग गरेको छ । नेपाली काँग्रेस सिन्धुलीले कारागारमा रहेका कै’दी ब’न्दीहरुलाई शुद्धपानी पिउनका लागि २ थान फिल्टर, एक थान किट्ली, दुई ओटा पानीजार लगाएतका सामानहरु सहयोग गरेको हो ।

सहयोग गरिएको सामानहरु नेपाली काँग्रेस सिन्धुलीका सभापति उज्ज्वल बरालले का’रागार कार्यालय सिन्धुलीका प्रमुख मात्रिका प्रसाद पहाडी, आन्तरिक प्रशासन प्रमुख मनक लामा, सर्मिला रम्तेललाई हस्तान्तरण गर्नुभएको हो ।

ज’नआ’न्दोलन दिवसको अवसरमा नेपाली काँग्रेस सिन्धुलीले सहयोग गरेको नेपाली काँग्रेस सिन्धुलीका सभापति उज्ज्वल बरालले बताउनुभयो । विस २०४६ माग देखि चैत २६ गते सम्म चलेको ज’नआ’न्दोलन नेपालमा बहुदलीय व्यवस्थाको लागि भएको शान्तिपूर्ण आ’न्दोलन थियो । जसले नेपालमा नि’र्दलीय पञ्चायती व्यवस्थाको अ’न्त्य गरी संवैधानिक राजतन्त्रात्मक बहुदलीय व्यवस्थाको शुरुआत गर्‍यो । यो ज’नआ’न्दोलनमा विभिन्न राजतिक दलहरू एकै उद्देश्य लिएर स’डकमा उ’त्रिएका थिए । नेपाली काँग्रेसले नेतृत्व गरेको यो आ’न्दोलनमा विभिन्न कम्युनिस्ट पार्टीहरूको समूह संयुक्त वाम मोर्चा बनाएर आ’न्दोलनमा उ’त्रिएका थिए ।

२०४६ सालको शान्तिपूर्ण ज’नआ’न्दोलन मार्फत प्रजातन्त्र पुर्नबहाली भएको दिनको सम्झनामा प्रत्येक बर्षको चैत २६ गते ज’नआ’न्दोलन दिवस मनाईँन्छ । २०४६ साल चैत २६ कै दिन ज’नआ’न्दोलन मार्फत प्रजातन्त्रको पुनर्बहाली भएको थियो । उक्त सहयोग सामान हस्तान्तरण गर्दै नेपाली काग्रेस सिन्धुलीका सभापति उज्ज्वल बरालले २०४६ को आन्दोलनले राजनीतिक स्वतन्त्रतासँगै वाक तथा अभिव्यक्ति स्वतन्त्रता प्राप्त भएको बताउनुभयो ।

प्रतिक्रिया