ललितपुर,२४ चैत– को’रोना भा’इरसको म’हामारी हुन नदिन सरकारले ल’कडाउन गरेको आज १४औं दिन बित्दैछ । लकडाउनका बेला सबैलाई घरघरमै बस्न भनिएको छ । विशेष अवस्थामा सवारी पास दिएर गाडी चलाउन पाउने नियम छ । यस्तो बेलामा एक समूहले भने जिउँदै आमालाई मरेको भन्दै ‘का’जक्रि’या’का लागि जान पास बनाए ।
सप्तरीका शुभनारायाण चौधरी प्रयोगकर्ता रहेको जिल्ला प्रशासन कार्यालय ललितपुरबाट पास बनाए । उहाँले प्रयोग गर्ने कारणमा ‘आमाको मृ’त्यु भएकाले का’जक्रि’याका लागि जाने’ भन्दै पास लिए । तर, ३० जनाबाट प्रतिव्यक्ति दुई हजार रुपैयाँ असुल्दै सप्तरी बस लैजान लागेको प्रहरीले थाहा पाए ।
सप्तरीको सुरुङ्गा नगरपालिका ८ महोलियाका चौधरीले प्रदेश ३–०८,००५ ख ९१९८ नम्बरको बसको पास निकालेका लिए । आज (चैत २४ गते) जाने र भोलि सप्तरीसम्म पुग्ने भनेर पास लिएका थिए । उनीहरुले पास लिएर सवारी साधनमा आज बिहान मान्छे चढाउँदै गर्दा प्रहरीले चेकजाँच ग¥यो । का’जक्रि’या गर्न जान भनेर लिएको सवारी पास गलत ढंगले प्रयोग सोधपुछका क्रममा थाहा भयो । उनीहरुले प्रतिव्यक्ति २ हजार पो असुलेको रहस्य पत्ता लाग्यो । त्यसपछि सप्तरी जान लागेको बस प्रहरी परिसर ललितपुरको हि’रासततिर लागे ।
प्रहरीले सवारी पास लिने शुभनारायाण चौधरी, गाडी धनी इन्द्रदेव यादव र रकम उठाउने जितेन्द्रप्रसाद चौधरीलाई प’क्राउ गरेको छ । सो बससमेत प्रहरीले नि’यन्त्रणमा लिई अ’नुसन्धान अघि बढाएको छ ।
झु’टो व्यहोरामा सवारी पास लिई रकम लिएर यात्रु ओसारपसार गरेको पाइएकाले उनीहरुलाई प’क्राउ गरिएको महानगरीय प्रहरी परिसरका एसएसपी टेकप्रसाद राईले बताउनु भयो ।