सिन्धुली २४, चैत्र – नेपाल विद्युत प्राधिकरण सिन्धुली बितरण केन्द्रले सिन्धुलीका घरधनी स्वयमर्ले आफ्नो घरमा जडान गरिएको विद्युत मिटर रिडिङ्ग गर्न अनुरोध गरेको छ । आफ्ना ग्राहकहरुलाई चैत्र महिनाको विद्युत महसुल बुझाउनका लागि यस्तो आग्रह गरेको हो ।
प्राधिकरणका प्रमुख बिनोद कुमार यादव द्वारा हस्ताक्षरित जारी गरेको सूचनामा कोरोना भा इरस (को भिड–१९) को त्रा स कम नभएको र सरकारले गरेको लकडाउनका समयावधि थप भएपछि चैत्र महिनाको विद्युत महसुलका लागि आफ्नो मिटर बक्समा उठेको यूनिट नं. प्राधिकरणको सिन्धुली शाखामा जानकारी दिन सबै ग्राहकहरुलाई अनुरोध गरिएको हो ।
“विद्युतका सबै प्राविधिक कर्मचारीहरु विद्युतमा आउने समस्यामा खटिएका र मिटर रिडिङ्ग गर्ने कर्मचारीहरु घरघरमा मिटरजाँच गर्न जाँदा को रोना भा इरसको सं क्रमणको त्रास हुने भएपछि चैत्र महिनाको मिटर रिडिङ्ग गर्न ग्राहकहरुलाई नै भनिएको हो,’प्रमुख यादबले भन्नुभयो ।
यसका लागि जिल्लाका सबै क्षेत्रमा सूचना प्रबाह गरिएको छ । आफ्ना घर, कार्यालय, फर्म, उद्योग कलकारखानामा जडान गरिएका मिटर बक्समा अघिल्लो फागुन महिना यता उठेको यूनिट ग्राहकले ०४७५२०१५० र ९८४४३२७९८४ मा फोन गरेर कार्यालय समयमा टिपाउन सक्ने छन् । ग्राहक स्वयमले टिपाएको युनिटको आधारमा लकडाउन खुलेपछि महसुल संकलन गरिने उहाँको भनाई छ ।
तर, यसरी आफ्नो मिटरमा उठेको युनिट जानकारी नदिने ग्राहकहरुको हकमा भने प्राधिकरणले फागुन महिनामा उठेको यूनिटकै आधारमा महसुल संकलन गर्ने समेत सम्बन्धित सबैमा जानकारी दिएको छ ।
उता कार्यालयले चैत्र महिनाको महसुल लकडाउन खुलेपछि भुक्तानी गर्दा समय भन्दा ढिला हुदा लाग्ने जरिवाना भने ग्राहकहरुसंग नलिने समेत बताएको छ । “यो मिटर रिडिङ्गको प्रकृया मात्र हो । विल भुक्तानीमा जति ढिला भएपनि चैत्र महिनामा लाग्ने जरिवाना हामी लिदैनौं,” यादवले भन्नुभयो ।
तर, अनलाईन बैंकिङ्ग सुविधा र ईसेवा भएका ग्राहकहरुले भने अनलाईनबाट महसुल भुक्तानी गर्न सक्ने छन् । जिल्लामा प्राधिकरण शाखा अन्तरगत झण्डै ३४ हजार विद्युत ग्राहक छन् । यस अघि प्राधिकरणले कमलामाई, भिमान, दुधौली, तिनपाटन, खुर्कोट, घ्याङलेख, मरिण र हरिहरपुरगढीको सव काउण्टरका कर्मचारीहरुबाट विद्युत मिटर जाँचगराई महसुल असुल गर्दै आएको थियो ।
