शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीको बिपि राजमार्गमा तरार्ई जाने पैदलयात्रीको लर्को

सोमवार , चैत्र २४, २०७६

सिन्धुली ,२४ चैत– सप्तरी जिल्लास्थित हनुमान नगरका पप्पु मण्डल विपी राजमार्गको शान्तिनगरमा हिँड्दै गरेका भेटिनु भयो । उहाँ चार दिनदेखि निरन्तर हिँडिरहनु भएको थियो । काठमाडाँैमा मजदुरी गर्ने मण्डल चार दिन हिँडेर सिन्धुली आइपुग्नु भएको थियो ।

देश लकडाउन भएसँगै यातायातसहित सबै क्षेत्र ठप्प हुँदा विपी राजमार्ग हुँदै उहाँ पैदलै यात्रा गरि सप्तरी पुग्ने तय गरेर काठमाडौँबाट चार दिनमा सिन्धुली सरदमुकाम आउनु भएको हो ।

विश्वभर फैलिएको को’रोना भा’इरसको रोकथामका लागि सरकारले देश लकडाउन गरेसँगै काठमाडाँैमा अलपत्र परेका सिन्धुलीसहित विभिन्न जिल्लाका यात्रु पैदलनै यात्रा गरेर गन्तव्यमा पुग्न थालेका छन् ।

काठमाडौबाट झन्डै एक सय ६० किलोमिटरमा सिन्धुली आइपुगिन्छ। विपी राजमार्ग हुँदै हुलका हुल काठमाडौबाट हिडेरै तराईतर्फ जाने दैनिक यात्रु भेटिन्छन् । सिन्धुलीको बाटो हुँदै दैनिक पचास भन्दा बढी हिडेरै तराईका जिल्लातिर गएका देखिन्छन ।

सिन्धुलीको बाटो हुँदै दैनिक पचास भन्दा बढी हिडेरै तराईका जिल्लातिर गएका देखिन्छन, जिल्ला प्रहरी कार्यालय सिन्धुलीको प्रहरी नायब उपरिक्षक श्यामबहादुर खत्रीले भन्नु भयो, “हाम्रो प्रहरी कार्यालय प्रमुखको अगुवाईमा दैनिक पैदल हिड्नेलाई पानी विस्कुट समेत वितरण भएको छ ।” उहाँले गाडीमा हिड्नेको मात्रै तथ्यांक आफूहरुसँग भएको र पैदल यात्रुको नराखिएको बताउनु भयो ।

काठमाडौबाट हिडेरै तराईका विभिन्न जिल्लामा पुग्ने लक्ष्य राखेर १ सय ६० किलोमिटर भन्दा बढी हिडेर सिन्धुली आएका कतिपय यात्रुलाई भने गाउँपालिका, प्रहरी तथा प्रशासनकै रोहबरमा गाडी खोजेर गन्तव्यसम्म पुर्‍याउने काम समेत भएको प्रहरीले जनाएको छ ।

“शनिवार गाडी खोजेर सप्तरी पठाएका छौ,” प्रनाउ खत्रीले भन्नु भयो, “काठमाडौँमा मजदुरी गर्ने मजदुरहरु हिडेरै गन्तव्यतर्फ गइरहेका छन् ।”

काठमाडौबाट हिडेरै तराईका विभिन्न जिल्लामा पुग्ने लक्ष्य राखेर १ सय ६० किलोमिटर भन्दा बढी हिडेर सिन्धुली आएका कतिपय यात्रुलाई भने गाउँपालिका, प्रहरी तथा प्रशासनकै रोहबरमा गाडी खोजेर गन्तव्यसम्म पुर्‍याउने काम समेत भएको प्रहरीले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले दैनिकजसो काठमाडौका यात्रु सिन्धुलीको बाटो पैदल यात्रा गरेको जनाए। यति लामो बाटो आएका हुन्छन, त्यसैले केहि यात्रुलाई गाडीको व्यवस्था गरेर गन्तव्यसम्म पुग्ने व्यवस्था मिलाएका हौ, उहाँले भन्नु भयो, “काभ्रेबाटै चेकजाँचमा कडाई गरिदिए हामीलाई समस्या पर्दैन थियो ।”

सुनकोसी गाउँपालिका र गोलञ्जोर गाउँपालिका प्रमुखहरुको रोहबरमा समेत गाडीको व्यवस्था गरि तराईका विभिन्न जिल्लामा यात्रु पठाउने काम भएको छ ।

प्रतिक्रिया