सिन्धुली,२४ चैत – सिन्धुलीका विभिन्न स्थानीय तहले को’रोना भा’इरस नि यन्त्रण तथा उपचारका तथा राहतका लागि कोष स्थापना गरेका छन् । दुई नगरपालिकासहित कूल ९ वटा स्थानीय तह रहेको सिन्धुली जिल्लाका सबै स्थानीय तहले को’रोना भा’ईरस् रोकथाम तथा नियन्त्रणका लागि राहत कोष खडा गर्दै बजेट धमाधम बिनियोजन गर्न थालेका छन् ।
कमलामाई नगरपालिको को’रोना भा’ईसर रोकथाम तथा नियन्त्रणका लागि साढे २५ लाख राहत कोष स्थापना गरेको नगरप्रमुख खड्ग बहादुर खत्रीले जानकारी दिनुभयो । फिक्कल गाउँपालिकाले पनि को’रोना भा’ईरस रोकथाम तथा उपचार कोष स्थापना गरेको छ । को’रोना फैलिन नदिन रोकथाम तथा नियन्त्रणका साथै उपचार र राहत वितरणका लागि कोष स्थापना गरिएको गाउँपालिका उपाध्यक्ष पार्वती सुनुवारले जानकारी दिनुभयो ।
श्रमिक परिवारलाई राहत वितरण गर्नका लागि मरिण गाउपालिकाले ३५ लाखको विपद् व्यवस्थापन कोष खडा गरेको गाउपालिका अध्यक्ष पानीराज बम्जनले जानकारी दिनुभयो । हरिहरपुरगढी गाउपालिकाले अहिले को’रोना भा’ईरसकै लागि भनेर राहत कोष स्थापना नगरेपनि गाउपालिकाको विपद व्यवस्थापन कोषमा २० लाख बजेट रहेकाले आवश्यकता अनुसार सोही बजेटबाट रकम खर्च गरिने गाउपालिका अध्यक्ष कार्साङ लामाले जानकारी दिनुभयो ।