, सिन्धुली ,२४ चैत – कमलामाई नगरपालिका—६ सिन्धुलीका बिष्णु बम्जनले आफ्नो घरमा भाडामा बस्नेहरुको एक महिनाको ८४ हजार रुपैयाँ भाडा छुट गर्ने घोषणा गर्नु भएको छ ।
को’ नाको स’न्त्रासले विश्व नै आ’तंकित भइरहेको बेला “एक मानवले अर्का मानवलाई सहयोग गर्न”’ मानवीय दायित्व भएको भन्दै बम्जनले आफ्नो घरको कोठा भाडामा लिएर बस्ने व्यक्तिलाई एक महिनाको भाडा मिनाहा गरिदिएको सिन्धुली सौगातलाई बताउनु भयो । समाजसेवाका क्षेत्रमा क्रियासिल बम्जन यूवा निर्माण ब्याबसायी समेत हुनु हुन्छ ।

को’रोना सं’क्रमणबाट मानव जाति नै सं’कटमा परेका बेला थोरै भए पनि मा’नवीय सहयोग होस् भनेर भाडा छुट गर्ने निर्णय गरेको बम्जनले बताउनु भयो । “को’रोना भा’ इरसले अहिले विश्व नै ठप्प छ, सु’रक्षाका लागि नेपाल पनि ल’कडाउन गर्नुपरेपछि अहिले व्यापार व्यवसाय सबै ठ’प्प छन,’ उहाँले भन्नु भयो, “यस्तो स’मस्याको घडीमा हामीले एकले अर्कोलाई सहयोग गर्नुपर्छ । मैले आफ्नो घरमा भाडामा बस्ने तथा पसल सञ्चालन गर्नेहरु सबैको एक महिनाको भाडा छुट दिने निर्णय गरेको छु ।’
“मानवताको नाताले पनि घर भाडा छुट गर्न अरुलाई पनि म आग्रह गर्दछु ।” उहाँले भन्नुभयो, “सं’कटको बेला एक नेपालीले अर्को नेपालीलाई सहयोग गर्ने हाम्रो संस्कार नै हो ।” उहाँले अरु घरबेटिलाई पनि आफूले सकेमा भाडा मिनाहा गर्न आग्रह गर्नु भयो ।
सहयोगमा जुटे बम्जन दाजुभाई
विष्णु बम्जनका दाई छेत्रबहादुर बहादुर बम्जनले पनि ल’कडाउनको बेला निरन्तर सहयोग गर्दै आउनु भएको छ । सफल निर्माण व्यवसायी, नेपाली काँग्रेसका नेता एवं समाजसेवि छेत्रबहादुर बम्जनले सिन्धुलीको हरिहरपुरगढि, मरिण र घङलेख गाउँपालिकावासीलाई उ’पचारको लागि निशूल्क गाढी उपलब्ध गराउदै आउनु भएको छ । उहाँले गाउँपालिकाबाट बाहिर ठाउँ लग्नुपरेमा निशूल्क यातायातको सुविधा दिनु भएको छ ।

उहाँले गाउँपालिकावासीलाई उ’पचारको लागि कुनै समस्या नहोस् भनेर आफूले सहयोग गरेको बताउनु भयो । साथै, उहाँले यस वि’पतको समयमा सिन्धुली लगायत देशभर नागरिकको सु’रक्षाका लागि खटिरहेका स्वास्थ्यकर्मि, प्रहरी एवं सम्पूर्ण सुरक्षा निकायलाई धन्यवाद दिनु भयो ।