शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीमा लकडाउनको मौका छोपि खोलामा माछा मा र्ने बढे

आइतवार , चैत्र २३, २०७६

सिन्धुली,२३ चैत– सिन्धुलीको विभिन्न स्थानिय खोलाहरुमा गैरकानुनी रुपमा माछा मा र्नेक्रम बढेको छ । विश्वभर म’हामा’रीको रुपमा फैलिएको को’रोना भा’ईरस् (को’भिड –१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशभर लकडाउन लागु गरेर घरमै बस्न आग्रह गरेपनि दिन कटाउन भन्दै खोलामा गएर गै’रकानुनी रुपमा मानिसहरुले माछा मार्ने गरेको पाईएको छ ।लकडाउनका कारण फुर्सदीला भएका स्थानियहरुले खोलामा ब’म, विषादी, करेन्टद्वारा माछा मा र्ने गरेका हुन् ।

सिन्धुलीको मरिण खोला, ग्वाङखोला, कमला खोला, चदा लगाएतका साना ठुला खोलामा गैरकानुनी रुपमा माछा मा र्ने मान्छेको संख्या लकडाउन यता ह्वात्तै बढेको स्थानियहरु बताउछन् । लकडाउन लागुभएपछि मरिण खोलामा गै’रकानुनी रुपमा माछा मा र्ने मान्छेहरुको संख्या बढेको कमलामाई नगरपालिका वडा नं. २ कुसुमटारका स्थानिय आकास गौतमले जानकारी दिनुभयो ।सरकारले लकडाउनका बेला घर बाहिर ननिस्कन आग्रह गरेपनि खोलामा ब म, वि षादी, क रेन्टद्वारा माछा मा’र्ने मान्छेहरुको संख्या बढेको उहाँले बताउनुभयो ।

मरिण खोलामा सिन्धुलीमाढी, धुराबजार, मिलनचोक, साङबाले, खट्टार, दुनडाडाँ, शिखर, कुडुेले, डाडी चौराही लगाएतका ठाउँका मान्छेहरुले लुकिछिपी गैरकानुनी रुपमा माछा मा र्ने गरेको कमलामाई नगरपालिका वडा नं. २ कुसुमटारकै सम्सोद योञ्जनले जानकारी दिनुभयो ।

मरिण खोलामा स्थानियलाई ब म, वि षादी, क रेन्टद्वारा माछा मा र्न रोक लगाईएको अवस्थामा अन्य ठाउँका मान्छेहरु आएर यसरी गैरकानुनी रुपमा माछा मा र्नेक्रम बढेको उहाँले बताउनुभयो । विश्वभर म हामारीको रुपमा फैलिएको को रोना भा ईरसको जा ेखिम बढ्दै गएका बेला विभिन्न ठाउँबाट समुहमै मान्छेहरु माछा मार्न गाउँ नजिकैको खोलामा आउन थालेपछि कतै को रोना भा ईरस सर्ने हो कि भन्ने त्रा स बढेको अर्का स्थानिय कनपा २ कुसुमटारका सुमन गौतमले गुनासो गर्नुभयो । गै रकानुनी रुपमा माछा मार्नेक्रम बढेपछि कमलामाई नगरपालिका –१ डाडीमा रहेको प्रहरी चौकीलाई खबर गर्दा आफ्नो क्षेत्रभित्र नपर्ने भन्दै पन्छिएको उहाँले बताउनुभयो ।

पछिल्लो समय सिन्धुलीका अधिकांश खोलामा वि स्फोटक पदार्थ, क रेन्ट र वि षादी प्रयोग गरेर माछालगायत अन्य जलचर प्राणी मा रिन थालेपछि लोप हुने अवस्था आएको छ । उता गै रकानुनी रुपमा माछा मा र्नेक्रम भएको भन्ने बारेमा अहिले सम्म जिल्ला प्रशासन कार्यालयमा कुनै सुचना नआएको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले जानकारी दिनुभयो । लकडाउनका बेलामा पनि गैरकानुनी रुपमा माछा मा र्ने काम भएमा स्थानिय प्रशासनलाई जानकारी दिन उहाँले आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया