सिन्धुली, २३ चैत – सिन्धुली घ्याङलेख गाउँपालिकाका एक परिवारले घरभाडा मि’नाहा गर्ने घोषणा गरेका छन् । घ्याङलेख गाउँपालिका वडा नं. २, हायुटारका ५८ बर्षिया मान वहादुर वाईवा र उहाँका श्रीमती ५५ बर्षिया बाटुलीमाया वाईवाले एक महिनाको घरभाडा मि’नाहा गर्ने घोषणा गर्नुभएको हो ।
हायुटार बजारको ३ वटा घरमा भाडामा रहेका पसलधनीहरुसँग घरभाडा नलिने उहाँहरुले बताउनुभएको छ । उहाँहरुले चैत्र महिनाको रु. ३९,०००।– घरभाडा मिनाहा गर्ने घोषणा गर्नु भएको छ ।
को’रोना भा’ईरस (को’विड– १९) को सं’क्रमण फै’लिन नदिन नेपाल सरकारले ल’कडाउन गरेका कारण व्यापार व्यवसाय व’न्द हुदाँ व्यावसायीहरु मा’रमा परेका भन्दै घरभाडा नलिने निर्णय गरेको उहाँहरुले बताउनुभयो । सरकारले पनि एक महिनाको घरभाडा मि’नाहा गर्न आ’ग्रह गर्दै आएको छ ।