शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीको फिक्कल गाउँपालिकाद्वारा उ’पचार कोषको स्थापना

आइतवार , चैत्र २३, २०७६

सिन्धुली,२३ चैत – फिक्कल गाउँपालिका सिन्धुलीले को’रोना भा’ईरस रो’कथाम तथा उ’पचार कोष स्थापना गरेको छ ।

को’रोना फै’लिन नदिन रो’कथाम तथा नि’यन्त्रणका साथै उ’पचार र राहत वितरणका लागि कोष स्थापना गरिएको गाउँपालिका उपाध्यक्ष पार्वती सुनुवारले जानकारी दिनुभयो ।

को’रोना रो’कथाम तथा नि’यन्त्रण, औषधी, उ’पकरण, उ’पचार सामाग्री आपुर्ति र सं’क्रमित व्यक्तिहरुको व्यवस्थापन एवं पुर्वाधार निर्माणका लागि विपद कोषको रकम खर्च गरिने गाउँपालिकाले जनाएको छ ।

कोषमा जनप्रतिनिधिले एक महिनाको सेवा सुविधा र कर्मचारीहरुले एक दिनको तलब सहयोग गर्ने भएका पनि उहाँले बताउनुभयो । सबै वडाका वि’पन्न र मजदुर,अ’नाथ बालबालिकाको तथ्यांक संकलन गर्न सुरु भएको उहाँले जानकारी दिनुभयो । गाउँपालिकाबासीले भो’कभोकै बस्ने अवस्था सृजना हुन नदिन गाउँपालिकाले तथ्यांक संकलन गर्न थालेको उहाँको भनाई छ ।

गाउँपालिकाले सबै वडामा हेल्थ डेक्स सुरु गरेको भए पनि थर्मल ग’न नपाएकाले समस्या भएको जनाएको छ । थर्मल ग’न नपाएकाले हेल्थ डेक्स प्रभावकारी सञ्चालन गर्न नसकिएको गाउँपालिका उपाध्यक्ष सुनुवारले बताउनुभयो ।

प्रतिक्रिया