शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीको दुधौली क्वा’रेन्टाईनमा पाँच जनालाई राखियो

आइतवार , चैत्र २३, २०७६

सिन्धुली,२३ चैत – दुधौली नगरपालिका सिन्धुलीले निर्माण गरेकोे क्वा’रेन्टाइनमा पाँच जना युवालाई राखिएको छ । काठमाडौँ इट्टा भट्टाको काम गरेर घरमा फर्किएका उनिहरुलाई विहिवारबाट क्वा’रेन्टिनमा राखिएको हो । यस अघि एकजना महिलालाई क्वा’रेन्टाइनमा राखिएको थियो । उहाँको स्वाथ्य देखिएकाले शुक्रबार घर फर्काइएको दुधौली नगरपालिकाका प्रमुख घनश्याम राउतले जानकारी दिनुभयो ।

ल’कडाउनका कारण इट्टा भट्टाहरु बन्द भएपछि काठमाडौँबाट हिडेरै नेपालथोक सम्म आएका उनिहरुलाई त्यहाँबाट दुधौली सम्म आउन नगरले गाडीको व्यवस्था गरिदिएको थियो । उनिहरु फर्किएपछि स्थानीय वासिन्दाको आग्रहमा क्वा’रेन्टाइनमा राखिएको उहाँले बताउनुभयो ।

सामान्य ज्व’रो आएका युवाहरुमा को’रोनाको आशंका गरेर स्थानीयवासि आ’तंकीत भएपछि उनिहरुलाई क्वा’रेन्टाइन मै खान बस्नको व्यवस्था मिलाएर राखिएको उहाँको भनाई छ । अहिले सम्म पाँचै जना युवाहरुको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकको भनाई उद्धित गर्दै नगर प्रमुख राउतले जानकारी दिनुभयो ।

दुधौलीमा २० शैयाको क्वा’रेन्टाइन र ३ शैय्याको आ’ईसोलेशन निर्माण गरिएको छ । भारत लगाएत वाहिरी जिल्लाबाट आएका अन्य ४१ जना व्यक्तिहरु होम क्वा’रेन्टाइनमा नै बसेका छन् । उनिहरुको निगरानी गर्न दुधौली नगर प्रहरी खटिएको नगरपालिकाले जनाएको छ ।

नगर प्रमुख राउतका अनुसार दुधौलीमा को’रोना भा’इरस सं’क्रमणको संभावित जोखिम रोक्न थप कडाई गरेको छ । अव देखि दुधौलीमा प्रवेश गर्ने व्यक्तिहरुलाई नगरपालिकाको झुंगा, खोक्सा र सिम्राई नाकाहरुमा स्वास्थ्य परिक्षण गर्ने, व्यक्तिगत विवरण लिने, उनिहरुलाई अनिर्वाय १४ दिन क्वा’रेन्टिनमा राख्ने र स्वाव परिक्षण पोजेटिभ आए उपचार गराएर निको भएपछि मात्रै घर पठाईने उहाँले बताउनुभयो ।

उहाँका अनुसार विपन्न वर्गको लगत संकलन गर्ने र राहत दिने, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई सरकारले तोकेको मापदण्ड अनुसारको सुविधा दिने र अभाव भएका स्वास्थ्य सामग्रीहरु तत्काल खरिद गर्न प्रक्रिया पनि अगाडी बढाईएको छ । दुधौलीमा १२ स्वास्थ्य चौकी र ४ वटा शहरी क्लिनीक छन् । निजी क्लिनीक ३ वटा खुलेको र अरु स्वास्थ्य उपकरण अभावमा बन्द रहेको नगरपालिकाले जनाएको छ । दुधौलीका किसानले सर्तकता अपनाएर खेतीपातीको काम भने गरिरहेका छन् ।

यसैबीच दुधौली नगरपालिकाले चैत र बैशाखको सामाजिक सुरक्षा भत्ता तत्काल नगरवासीलाई वितरण गर्ने तयारी गरेको छ । दुधौलीमा ५ हजार ७१५ जना सामाजिक सुरक्षा पाउने नागरिक छन । २ महिनाको भत्ता वापत साढे २ करोड खर्च हुने दुधौली नगर प्रमुख राउतले बताउनुभयो ।

प्रतिक्रिया