शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

कनपा ४ द्वारा २६८ जनालाई रा’हतको लागि सिफारीस

शनिवार , चैत्र २२, २०७६

सिन्धुली ,२२ चैत– कमलामाई नगरपालिका –४ ले ल’कडाउनको समयमा राहत प्याकेज बितरणका लागि २६८ जनालाई सिफरिस गरेको छ ।

कमलामाई नगरपालिका वडा नंं ४ को वडा समितिको बैठकले शनिबार निर्णय गरी नगरपालिकाको कार्यालयमा उक्त सिफारिस गरेको हो । उक्त राहत पाउनेहरुमा वडा नं.४ मा रहेका साविक कमलामाई नगरपालिका १ बाट २६ जना, वडा नं. २ बाट ३० जना, ५ बाट ११५ जना र ९ बाट गरी ९७ जना गरी २६८ जना रहेको वडा अध्यक्ष महेन्द्र ढकालले जानकारी दिनुभयो । छानिएका व्यक्तिहरुमा दैनिक ज्यालादारी गरी खाने, मज्दुर तथा ल’कडाउनको कारणले जो’खिममा परेका लक्षित वर्गहरुको नामावली तयार गर्न कमलामाई नगरपालिका ४ को सर्बपक्षिय बैठकले छनौट गरेको हो ।

ती व्यक्तिहरुमा दैनिक ज्यालादारी गरी खाने व्यक्ति, दलित, जनजाती, विपन्न तथा दुर्गम क्षेत्रमा समेत भएकोमा सो व्यक्तिलाई राहत बितरण गर्न वडामा प्राप्त प्रारम्भिक नामावलीबाट छानविन गरी छनौट गरीएको हो । सबै गाँउटोलको समेत गरी नामावली तयार गरिएको वडा अध्यक्ष ढकालले बताउनुभयोे ।

त्यस्तै कमलामाई नगरपालिका वडा नं. ४ का अध्यक्ष महेन्द्र प्रसाद ढकालले को’रोना भा’ईरसको नाममा छिटीएको डिसईन्फेक्टेन्ट कि’ ट्नासक दवाई पारदर्शी नभएको बताउनु भएको छ । उहाँले अबदेखि उक्त दबाई छिट्दा सम्बन्धित वडाका जनप्रतिनिधि अथवा अगुवाइ समाज सेवीको रोहबरमा दवाई खरीदको विल सार्बजनिक गरी उक्त कार्य गर्न कमलामाई नगरपालिकासँग आग्रह गर्नु भएको छ ।

यसरी बि’षादी छर्किदा एक पटकमा ४२ हजार रुपैयाको बिल आएको आफुले पाएकोले पारदर्शीताका लागि उक्त आग्रह गरेको बताउनुभयो ।

प्रतिक्रिया