शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीको सुनकोशी गाउँपालिका द्धारा अलपत्र नागरीकको उद्धार (हेर्नुस भिडियो)

शनिवार , चैत्र २२, २०७६

सिन्धुली, २२ चैत – राजधानी काठमाडौँबाट पैदल यात्रागरी घर फर्कने पैदलयात्रीलाई सुनकोशी गाउँपालिकाले खाजा, पानी र गाडीको व्यवस्थासहित सहयोग गरिरहेको छ । बाग्मती प्रदेशसभा सदस्य राजन दाहाल, सुनकोशी गाउँपालिका अध्यक्ष दिपा बाहोरा दाहाल, युवा व्यवसायी मनोज श्रेष्ठलगायतले एक सयभन्दा बढी पैदल यात्रुलाई सहयोग गरिहेको छ ।

काठमाडौँमा बसेर दैनिक मजदुरी गरेर जिवन चलाउने नागरीकहरुलाई लगडाउनले गर्दा जिवन धान्न समस्या पर्न थालेपछि सिन्धुली,सर्लाही,धनुसा,महोतरी लगाएतको नागरीकहरु दुई दिन लगाएर हिडेरआएको नागरीकहरुलाई गाँउपालिकाले गन्तव्य सम्म पुर्‍याउनको लागि सहयोग गरेको सुनकोशि गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहालले जानकारी दिनु भयो ।

गाउँपालिकाकै  गाडि मार्फत तिन दिन देखि करिव ६ सय अलपत्र नागरीकलाई गन्तव्य सम्म पुग्नको लागि सहयोग गरेको दाहालले बताउनु भयो ।

को’रोना भाईरसले भन्दा भोकमरीले नागरी को मृ’त्यु हुने होकी भन्ने चि’न्ता लागेको बताउनुहुदै अ’लपत्र नागरीकहरुलाइ गाउँपालिकाको बि’पद व्याबस्थापनको कोषबाट प्रति व्यक्ति एक पोका चाउचाउ र एक बोतल पानिको व्यबस्था गरेको पनि बताउनु भयो ।

को’रोना भा’इरस (को’भिड–१९) ले विश्व म’हामा’रीको रुप लिएपछि चैत १२ गतेदेखि आवतजावत र यातायात सेवामा सरकारले रोक लगाएको छ । लकडाउन घोषणापछि राजधानीबाट पैदलै घर जानेको संख्या बढी रहेको छ । लामो पैदलयात्राले थाकेका र हिँड्नै नसक्ने अवस्थामा पुगेकालाई खाजा, पानीको व्यवस्था गरिएको छ । यस्तै, सुनकोशी गाउँपालिकाले गाउँ प्रवेश गर्नेहरुको स्वास्थ्य जाँचलाई पनि जारीनै राखेको छ ।

यसैबीच, सुनकोशी युवा क्लवले सुनकोशी क्षेत्रमा कोरोना भाइरसबारे जनचेतना जगाउने खालको माइकिङ गरेको छ । कोरोना भाइरसबाट बच्नका लागि विदेशबाट आएकाहरुको तथ्यांक संकलन गर्न, साबुन पानीले हात धून, मास्क लगाएर हिँड्न, ज्वरो तथा कोकी लागेमा स्वास्थ्य संस्थामा जानकारी दिन, क्वारेन्टाइनमा बस्न सचेतना जगाउने कार्यमा क्लवले सहयोग गरेको अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिनुभयो । क्लवले गाउँपालिकाभरी नै घुमेर माइकिङ्का साथै ठाउँठाउँमा साबुन पानीको व्यवस्थापन गरेको जनाइएको छ ।

यस्तै, सुनकोशी गाउँपालिकाले थप २० बेडको क्वारेन्टाइन व्यवस्थापन गरेको छ । प्रगतिशील माध्यमिक विद्यालय भवनमा सो क्वारेन्टाइनको व्यवस्थापन गरिएको हो ।

हेर्नुस भिडियो :

प्रतिक्रिया