शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीको कमलामाईले ‘डिसइन्फेक्सन स्प्रे’ भनेर पानी मात्रै छर्किएको स्थानियको आरोप

शुक्रवार , चैत्र २१, २०७६

सिन्धुली, २१ चैत – सिन्धुलीको कमलामाई नगरपालिकाले ‘डिसइन्फेक्सन स्प्रे’ भनेर पानी मात्रै छर्किएको स्थानियले आरोप लगाएका छन् । कमलामाई नगरपालिका ६ शिवनगर टोलमा नगरपालिकाले ‘डिसइन्फेक्सन स्प्रे’ भनेर पानी मात्रै छिटेर गएको स्थानियले आरोप लगाएका हुन् ।

को’रोना भा’इरसको सं’क्रमण फैलन नदिनका लागि कमलामाई नगरपालिकाले सार्वजनिक स्थान तथा बजार क्षेत्रमा डिसइन्फेक्सन स्प्रे छर्किएको थियो । कमलामाई नगरपालिका ६ शिवनगरटोल विकास समितिका अध्यक्ष भवानी कार्कीले शिवनगरटोलमा नगरपालिकाले ‘डिसइन्फेक्सन स्प्रे’ भनेर पानी मात्रै छर्किएर जनताको आँखामा छारो हालेको आरोप लगाउनुभयो । “बि’षादी भनेर शुद्ध पानी मात्रै छर्केर नगरपालकाले जनताको आँखामा छारो हाल्ने काम मात्रै ग¥यो । बि’षादी छिर्केको भए छर्किने मान्छेले आफ्नो सुरक्षाका लागि जुत्ता, माक्स, पन्जा लगाउनुपर्दैन । छर्किने मान्छे यी कुरा नलगाई छर्किएर गयो । यहीबाट हामीलाई शंका लाग्यो । यो बि’षादी हैन पानी मात्रै हो ’ उहाँले दावी गर्नुभयो ।

शिवनगर टोल विकास समितिका अर्का सदस्य बद्री पहाडी पनि नगरपालिकाले वि’षादी भनेर ग्वाङखोलाको पानी ल्याएर छिटेर गएको बताउनुहुन्छ । “यो शुद्ध पानी मात्रै हो । यहाँ वि’षादी भन्ने चिज नै छैन् । वि’षादी त छिट्दा गन्ध आउछ । जिउमा पर्दा चिलाउने, पो’ल्ने हुन्छ । त्यस्तो केही छैन् । नगरपालिकाले हामीलाई छक्याएको मात्रै हो ।” उहाँले भन्नुभयो ।

उता नगरपालिकाका सुचना अधिकारी सागर कुमार ढकाल पानी मात्रै छिटेको भन्ने आरोप स्वीकार गर्नुहुन्न । नगरपालिकाले शिवनगर लगाएत सबै ठाउँमा ‘डिसइन्फेक्सन स्प्रे’ नै छिटेको उहाँले दावी गर्नुभयो “‘यो सरासर गलत हो । नगरपालिको अहिले सम्म छिटेको ठाउँहरुमा ‘डिसइन्फेक्सन स्प्रे’ नै छिटेको छ । नगरपालिकाले ‘डिसइन्फेक्सन स्प्रे’ छर्किने बेला पानी र ‘डिसइन्फेक्सन स्प्रे’ को रेसियो मापन गछौं । त्यस कारण पानी मात्रै छिटेको छदैछनौं ।

‘डिसइन्फेक्सन स्प्रे’ नै छर्किएका छौं” उहाँले भन्नुभयो । को’रोना भा’इरसको सं’क्रमण फैलन नदिनका लागि नगरपालिकाले शुक्रवार शिवनगर टोलमा ‘डिसइन्फेक्सन स्प्रे’ छकिएको थियो । नगरपालिकाले अहिले सम्म स्टलबजार, एक नम्बर बजार, दुई नम्बर बजार, हस्पीटल रोड, ढुग्रेवास, शान्तिनगर लगाएतका ठाउँमा ‘डिसइन्फेक्सन स्प्रे’ छर्किसकेको नगरपालिकाका सुचना अधिकारी सागर कुमार ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया