सिन्धुली,२१ चैत– सिन्धुलीको कमलामाई नगरपालिकाले दुई महिनाको सामाजिक सु’रक्षा भत्ता एकै पटक वितरण गर्ने भएको छ । कमलामाइ नगरप्रमुख खड्ग बहादुर खत्रीको संयोजकत्वमा नगर स्तरीय वि’पद व्यवस्थापन निर्देशक तथा समन्वय समितीको आज बसेको वैठकले यस्तो निर्णय गरेको हो ।
नगर क्षेत्रमा सामाजिक सु’रक्षा भत्ता पाउने नागरिकहरुलाई चैत र वैसाख महिनाको भत्ता एकै पटक उपलव्ध गराउने बैठकले निर्णय गरेको नगरपालिकाका सुचना अधिकारी सागर कुमार ढकालले जानकारी दिनुभयो ।
लक’डाउनको कारणले आय आर्जनको काम हुन नसक्दा उत्पन्न आर्थिक क’ठिनाईलाई न्यून गर्न दुई महिनाको भत्ता एकै पटक उपलब्ध गराउने निर्णय भएको उहाँले बताउनुभयो ।
सिन्धुली अस्पतालमा बनाइएको आ’ईसोलेसन सेन्टरमा काम गर्ने चिकित्सक र स्वास्थ्यकर्मी लाई मासिक प्रोत्साहन भत्ता उपलब्ध गराउने पनि बैठकले निर्णय गरेको छ ।
वडास्तरमा रा’हत वितरण गर्नको लागि वडास्तरीय रा’हत दिन योग्य व्यक्तीहरुको नामावली वडाबाट नगरकार्यपालिका कार्यालयमा आगामी चैत्र २३ गते भित्र अ’निवार्य पेश गर्नुपर्ने पनि बैठकले निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।