बिहिवार, कार्तिक १९ गते २०८३

Thursday 5th November 2026

झुटा आरोप लगाएको भन्दै सिन्धुली काँग्रेसको आपत्ती

शुक्रवार , चैत्र २१, २०७६

सिन्धुली,२१ चैत – नेपाली काँग्रेस सिन्धुलीले नेपाल कम्युनिष्ट पार्टीले विपतको बेलामा पनि राजनीति गरेर आफनो चरित्र उदाँगो बनाएको बताएको छ । आज प्रेश बिज्ञप्ती प्रकाशित गर्दै को’रोनाको म’हामा’रीमा काँग्रेसले जनताको सुरक्षाका लागि जिम्मेवार भुमिका निर्वाह गरिरहेको स्मरण गराउँदै निकृष्ट राजनीतिक चरित्र नदेखाउन चेतावनी दिएको छ ।

सभापति उज्वल बरालद्वारा हस्तक्षरित बिज्ञप्तीमा नेपाली काँग्रेस सिन्धुलीका कोषाध्यक्ष एवं दुधौली नगरपालिका वडा नं १ का अध्यक्ष गोविन्दप्रसाद पहाडीमाथि झुठा लान्छना लगाएको घटनाप्रति घोर आपत्ती जनाएका छ । बिज्ञप्तीमा मेयर घनश्याम राउतले वडामा पठाउनुर्ने मास्क पार्टीको नामबाट कार्यकर्तालाई बाँडने नि’कृष्ट काम गरेको र उल्टै वडाअध्यक्षलाई ब’दनाम गर्ने प्रयास गरेको जनाएको छ ।

त्यस्तै सिन्धुली काँ’ग्रेसले को’रोनाबाट जोगिन घरमै बस्न पनि अपिल गरेको छ । वि’पतको बेलामा संकिर्णता छाडेर कोरोनाविरुद्ध सामुहिक रुपमा लडन पनि बरालले अपिल गरेका छन् ।

यसरी शुरु भयो नेकपा र मेयर रावतको राजनीति

को’रोना भा’इरसको सं’क्रमणका कारण पूरै देश ल’कडाउनमा छ । दुधौली नगरपालिकाका मेयर घनश्याम रावतले नगरपालिकाको पैसाले मास्कहरू खरिद गर्नु भयो । मेयर राउतसँग वडा नम्बर १ का वडाध्यक्ष एवम् नेपाली काँग्रेसका नेता गोविन्द पहाडीले मास्क माग गर्नु भयो । मेयर रावतले २५ सय मास्क पनि पठाइदिनु भयो ।

वडाध्यक्ष पहाडीले वडा सचिवमार्फत बुझेर स्थानीय संघ, संस्थामार्फत सर्वसाधारणलाई वितरण गर्नु भयो । प्राप्त मास्कमा केही मास्कहरू काम नलाग्ने थियो । यसको जानकारी वडाध्यक्ष पहाडीले मेयर राउतलाई गराउनु भएको थियो ।

वडाध्यक्ष पहाडीले मास्क अपुग भएको भन्दै मेयरसँग थप मास्क माग गर्नु भएको थियो । मेयर राउले पनि मास्क पठाइदिने आश्वासन दिनु भयो । मास्क वडा नम्बर १ मा आयो । तर, नेकपाका नेता एवम् कार्यपालिकाका सदस्य डिल्लीबहादुर भुजेलमार्फत । यसअघि वडाध्यक्ष पहाडीले मास्क वितरण गर्दा नेकपाका स्थानीय नेताहरूलाई मनमा चिसो पसेको थियो । वडा नम्बर १ नेपाली काँग्रेसको गढ मानिन्छ ।

काँग्रेसको गढ भत्काउन मेयर राउत र नेकपाका स्थानीय नेताहरूको डिजाइनमा वडाध्यक्ष पहाडीमार्फत मास्क वितरण गर्ने योजना खारेज गरियो । त्यसका लागि वडाध्यक्ष पहाडीले मास्कमा घोटाला गर्‍यो भनेर नेकपाले प्रचारवाजी शुरु गरे । एकद्वार प्रणालीबाट सहायताहरू वितरण गर्ने निर्णय गरेका मेयर राउतले आफ्नै निर्णयलाई उल्लंघन गरेर वडाध्यक्ष पहाडीलाई बाइपास गरेर सदस्यमार्फत मास्क वितरण गरे ।

नगरपालिकाले दिएको सुविधाको मोटरसाइकल र अन्य अतिरिक्त सुविधा नलिएका वडाध्यक्ष पहाडीलाई नेकपाका नेताहरूले राजनीतिक प्रतिशोध साँध्न मास्क प्रकरणमा मुछेका छन् । नगरपालिकाको पैसाले किनेर वितरण गरिएको मास्कलाई नेकपाका स्थानीय नेताहरूले व्यक्तिगत रूपमा किनेर वितरण गरेर जस्तै गरी प्रचार प्रसार गरेका छन् ।

केन्द्रमा कम्युनिस्टको सरकार छ । को’रोनाको सामग्री चीनबाट खरिद गदौ करोडौँको घो’टालामा मुछिएका कम्युनिस्टले काँग्रेसका नेता र जनप्रतिनिधिहरूलाई वि’वादमा मुछ्न थालेका छन् ।

 

यस्तो छ विज्ञप्ति

प्रतिक्रिया