सिन्धुली,२१ चैत —सिन्धुलीमाढीका फाँटमा मकै लगाएको गह्रो सु’केर खरपट्ट भइसकेको थियो । उम्रिएका मकै पनि पहेंलिन थालेको थियो । गोड्न समय घर्किए मकै स’प्रिने छाँट थिएन । यतिबेला यहाँ मकै गोड्ने र मल हाल्ने बेला हो । सरकारले घोषणा गरेको ल कडाउन सुरुवातका केही दिन घरै बसेका किसान यतिबेला खेतबारीमा निस्केका छन् । बाहिरबाट आएकाहरू कोही नभएकाले खेतबारीमा काम गर्न आफन्त र छरछिमेकको सहयोग लिनेहरूको संख्या धेरै छ ।
ल’कडाउन रहेकाले सदरमुकाम सिन्धुलीमाढीको बजार क्षेत्र सुनसान छ । बजार र यातायात ब’न्द छ । आसपासका गाउँमा भने बाली लगाउने र भित्र्याउने च’टारोले चहलपहल छ । किसानहरू मकै गोड्दै, गहुँ काट्दै र मुसुरो उखेल्दै गरेका देखिन्छन् । चैते धान लगाउन पनि व्यस्तता उतिकै छ ।
कमलामाई नगरपालिका – ४ कुमालफाँटमा निरु सापकोटाले १५ जना खेताला लगाएर १५ कट्ठा खेतको मकै गोडेपछि सन्तोषको सास फेनु भयो । “को’रोनाको डर भनेर के गर्नु मकै भएन भने हामी किसानको उ’ठिवास नै लाग्छ,” उहाँले भन्नु भयो,“ खेताला लगाएर मकै गोडाएँ, अब ढुक्क भयो ।” को’ रोना भा’ इरसका बारेमा उहाँले बराबर सुन्नु भएको छ । त्यसबारे सचेत भएरै खेतमा एकअर्काबीच दुरी राखेर काम गराएको उहाँले बताउनु भयो ।
“रो’ग आउँछ भनेर ड’राएर बसेर पनि भएन । आ–आफ्नो काम बाहिरकासँग छेउछाउ नपरी गर्दा त हुने हो भनेर खेतमा पसियो,” उहाँले भन्नु भयो । एकैदिनमा काम सक्नका लागि उहाँले आफू र कृषि खेतालाको लागी लागि खेतमै खानाको व्यवस्था गर्नु भएको थियो । “बाहिरबाट आएका गाउँमा कोही नभएकाले हामी–हामीमा त्यो को’रोना न’लाग्ला भन्ने ठानियो,” उहाँले भन्नु भयो “नगरी काम पाइन्न खान । त्यसैले को’रोनाका कुरा थाहा हुँदाहुँदै पनि हात बाँधेर घरै बस्न गाह्रो भयो ।”
बाहिरबाट सं’क्रमण लिएर आउनेलाइ पहिचान गरि उपचारमा राख्नुपर्ने यहाँका किसानलाई थाहा छ । “खेतीकिसानी गर्नेलाइ के को ड’र?,” काम गर्दै गर्नु भएको सुष्मा आछामीले भन्नु भयो, ”गाइवस्तु पाल्नेका लागि मकै खेती नभए बेसाउनु पर्छ, त्यो कुरा बुझ्नु परोनी ।”
“काम गर्न पनि रो’क लगाइएको थियो, यो त अन्याय भयो भनेको फेरि गर्नु भनेको रहेछ,” अर्का किसान सन्तोष बोहोराले भन्नु भयो, “भेला जम्मा नभइ आफ्नो काम गर्न अब कुनै बा’धा छैन। जुन काम हामीले गर्दै आएका छौं, नगरे कसरी मुखमा माड लाग्छ ?” आफ्नै परिवारसहित खेतमा मकै गोड्दै उहाँले यो च’टारोका बेला पनि किसान को’रोनाबारे स’तर्क रहेको बताउनु भयो ।
सिन्धुलीका किसानलाई यतिबेला गहुँ भित्र्याउन पनि उत्तिकै च’टारो छ । वर्षदिनसम्म खाने बालीनाली उब्जने खेत बाँ’झै बस्ने भएपछि स’तर्कता अपनाएर किसानले काम गरिरहेका कमलामाइ–४ का कृषि प्राविधिक जहानबहादुर कार्की बताउनु भयो । आफैं पनि गहुँ काट्न खेतमा पसेका उहाँले भन्नु भयो “को’रोना भा’इरसको सं’क्रमणबाट जो’गिन स’तर्कता पनि अपनाएका छौं । सिजनको बाली नलगाए भोलिका दिनमा भो’कम’रीमा परिन्छ ।”
जिल्लामा अन्न उत्पादनका लागि उर्वर मानिने कमलाखुँज, मरिण क्षेत्र र तीनपाटन लगायतका किसानलाई यतिखेर व्यस्त छन् । तीनपाटन गाउँपालिकाका अध्यक्ष कर्ण थापामगरले बालीनाली लगाउने र भित्र्याउने काम जारी राखेका किसानलाई स’तर्कता अपनाउन आग्रह गरिरहेको बताउनु भयो । “वर्षा भइरहेकाले पाखाभित्ताका बारी चिसो भएपछि किसानहरु मकै छर्दैछन, सु’रक्षित भएर आफ्नो काम गर्दा बा’धा नहोला,’ उहाँले भन्नु भयो ।
कृषि ज्ञान केन्द्रका अनुसार सिन्धुली जिल्लाको ६ हजार १ सय ५० हेक्टर जमिनमा बर्सेनि गहुँ खेती हुन्छ भने २७ हजार १ सय ६० हेक्टरमा मकै र २ हजार १९ हेक्टर जमिनमा तेलहन बालीको खेती हुँदै आएको छ ।