शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीकी युवतीको भरतपुर अस्पतालमा मृ’त्यु, स्वाब परीक्षण गरिने

शुक्रवार , चैत्र २१, २०७६

चितवन, २१ चैत -भरतपुर अस्पतालमा आज बिहान मृ’त्यु भएकी एक युवतीको स्वाब परीक्षण गरिने भएको छ । परीक्षणको नतिजा नआएसम्म मृ त शरीरलाई छुट्टै सुरक्षित राखिएको छ । परीक्षणका लागि केन्द्रीय प्रयोगशाला काठमाडौँ पठाइनेछ ।

अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार बिहीबार राति सिन्धुली घर भएकी २६ वर्षीया उषाकुमारी राईलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो । राति १२ बजे अस्पताल ल्याइएका राईको सघन उपचारकक्षमा उपचारकै क्रममा बिहान २ बजे मृ’त्यु भएको हो । अधिकारीले उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीलाई क्वा रेन्टाइनमा राखिने बताउनुभयो ।

युवतीको मृ’त्युको कारणबारे नतिजा आएपछि थाहा हुने भएकाले उच्च सा’वधानी अपनाइएको उहाँले जानकारी दिनुभयो । को’रोना भा’इरसको त्रा’स भएकाले ज्वरो आएका बिरामीको उपचारमा विशेष स तर्कता अपनाइएको छ । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार सिन्धुलीको हरिहरपुर गाउँपालिका–२ की राईलाई हेटौँडा अस्पतालले राति थप उपचारका लागि भरतपुर अस्पताल पठाएको हो । अस्पतालमा हरेक महिना विभिन्न कारणबाट ५० देखि ५५ जनाको मृ’त्यु हुने गरेको उहाँले जानकारी दिनुभयो । यद्यपि ज्वरोका बिरामीको उपचारका क्रममा मृ’त्यु भएमा स्वाब परीक्षण गर्न थालिएको हो ।

प्रतिक्रिया