सिन्धुली,२१ चैत– कमलामाई नगरपालिका वडा नं. ८ पैरे सिन्धुलीमा अबस्थित धार्मिक संस्था बोधि श्रवण धर्म संघले २ लाख एक सय एक्काइस रुपैयाँ प्रकोप व्यवस्थापन कोषमा राहत स्वरूप कमलामाई नगरपालिका सिन्धुलीका नगर प्रमुख श्री खड्ग बहादुर खत्रीलाई आज सन्यासी गुरूमार्ग झ्याम्पा तोप्चेन गुरूले हस्तन्तरण गर्नु भएको छ ।

यस विपदको घडीमा संस्थाको तर्फबाट मा’हामा’रीको रुपमा फैलिएको को’रोना भा’इरस प्रकोप नियन्त्रणका लागी टेवा पुर्याउन सहयोग गरिएको बोधि श्रवण धर्म संघका केन्द्रय सदस्य छत्र घिसिङले जानकारी दिनु भयो।

म’हामा’रीको रुपमा फैलिएको को’रोना भा’इरस प्रकोप नियन्त्रणका लागी सहयोग गर्न चाहानुहुने माहानुभाबलाई कमलामाई नगरपालिकाको राष्ट्रिय वाणिज्य वैंक सिन्धुली शाखामा रहेको कमलामाई नगरपालिका प्रकोप व्यवस्थापन कोष खाता नं १०६०३०५०४९४०२ मा पैसा जम्मा गर्नसक्नुहुने कमलामाई नगरपालिकाका प्रबक्ता कर्ण बहादुर घिसिङले बताउनु भयो ।