शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीको तीनपाटनमा युवा सक्रियता बढ्यो(फोटो फिचर )

बिहिवार , चैत्र २०, २०७६

सिन्धुली,२० चैत – सिन्धुलीकोे तीनपाटन गाउँपालिका वडा नं.–१ बेलघारीमा को’रोना भ’ईरस बि’रूद्वको अभियानमा युवा सक्रियता बढेपछि वडाबासी दंग भएका छन् ।

१ नं.वडाका युवा वडाअध्यक्ष गोबिन्द राउत र सुनौलो युवा क्लब बेलघारीका संस्थापक अध्यक्ष पुरूषोतम दाहालको अगुवाईमा पहिलो चरणको अभियान सम्पन्न भएको छ । वडा स्तरमा राजनीतिक दल र युवाहरू बीच सहकार्य गरेकै कारण समयमै मास्क उत्पादन गरी बितरण,ठाऊ–ठाऊमा हात धुने ब्यवस्था,टोल टोलमा प्रचार प्रसार,बेलघारी भिमस्थान र जोगेसम्म माईकिंग,प्रहरी सँगै गस्ति,बिद्यालयमा क्वारेन्टाईन निर्माण जस्ता कार्यहरू सम्पन्न भएको वडा अध्यक्ष राउतले सिन्धुली सौगातलाई बताउनु भयो ।

राष्ट्रसेवक कर्मचारी भएपनि पुरूषोतम सर सँग सामाजिक कार्यको आईडिया धेरै छ,त्यसैले वहाँको कार्य योजना र सहयोगले हामी सफल भयौं,राउतले थप्नु भयो ।

गाउँ फर्केपछि केहि न केहि गरौं भन्ने लाग्छ,बिगतमा माबि बेलघारीमा शिक्षण पेशामा रहदा पनि आफूले क्लबको अगुवाई गरी थुप्रै सामाजिक गतिविधि र खेलकुदलाई ब्यवस्थित गरेको दाहालले बिगतको स्मरण गर्नु भयो । कोरोनाबाट गाउँ घरलाई सुरक्षित राख्ने बारे निरन्तर चासो दिएको छु र वडालाई जस्तो सुकै सहयोग समेत गर्ने उहाँको भनाई छ ।

“गाउँपालिकाको कार्यक्रम ढिला आउने छाँट देखेपछी आन्तरीक स्रोत साधनको ब्यवस्थापन गरेका कारण पहिलो चरणको अभियान सम्पन्न गरेका हौँ ” वडा अध्यक्ष राउतले भन्नु भयो ।

गापाको कार्यक्रमका बारे वडा कार्यालयमा बिहिवार छलफल हुने र गापाबाट वडालाई १ हजार थान पेपर मास्क र बुधवार साँझ ८८५ थान लाईफब्वाय साबुन प्राप्त भएकाले त्यो पनि छिट्टै घरघरमा पुर्‍याईने वडाअध्यक्ष राउतले जानकारी दिनु भयो ।

गाउँपालिकाको प्याकेज घरघरमा पुर्‍याऊन दोस्रो चरणको अभियानमा पनि आफूहरूले सहयोग गर्ने क्लबका संस्थापक अध्यक्ष दाहालले बताउनु भयो

प्रतिक्रिया