शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीका टिका श्रेष्ठद्वारा प्रकोप व्यवस्थापन कोषमा सहयोग

बिहिवार , चैत्र २०, २०७६

सिन्धुली,२० चैत– लकडाउन सुरु भई दैनिक ज्याला मजदुरी गर्ने तथा श्रम गरेर जिविकोपार्जन गर्नेलाई गाँसको समस्या भएसँगै प्र कोप व्यवस्थापन कोषमा रकम जम्मा हुन थालेको छ । रकम जम्मा भएसँगै श्रमिकलाई राहत वितरण गर्न थालिएको कमलामाई नगरपालिका सिन्धुलीले जनाएको छ ।

यसै क्रममा कमलामाई नगरपालिका वडा नं. ४ ढुंग्रवास सिन्धुलीका टिका श्रेष्ठले १ लाख रुपैयाँ कोषमा दिनु भएको छ । “मैले श्रमिकलाई खाद्यान्न उपलब्ध गराउनका लागि यो रकम सहयोग गरेको हुँ,” श्रेष्ठले भन्नु भयो ।

नेपाल सरकारले कोरोना भाइरसबाट प्रभावित भई खाद्यान्न जोहो गर्न नसक्ने श्रमिक र मजदुरलाई खाद्यान्न राहत सहयोग गर्ने बताएको छ ।

प्रतिक्रिया