शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीका किसानलाई बालीनाली लगाउन भ्याई नभ्याई

बिहिवार , चैत्र २०, २०७६

सिन्धुली,२० चैत– को’रोना भा’ईरसको सं’क्रमण रोकथाम गर्न लकडाउन घोषणा गरी सरकारले आम नागरिकलाई घरबाट बाहिर ननिस्कन आह्वान गरी रहेको बेला सिन्धुलीका किसानलाई भने बाली लगाउन र भित्र्याउन भ्याई नभ्याई छ ।

लकडाउनको समयमा सदरमुकाम सिन्धुलीमाढीमा सुनसान जस्तै देखिएपनि सदरमुकामबाहिरका गाँउमा भने किसानले बाली लगाउने र भित्र्याउनेका कारण चहल पहल बाक्लो देखिएको स्थानीयको भनाई छ ।

स्थानीयका अनुसार सदरमुकाम बाहिरका गाँउमा यतिखेर को’रोना भा’ईरस सं’क्रमणको जो’खिमको कुनै पर्वाह नगरी किसान गँहु काट्न, मुसुरो उखल्न, मकै छर्न लगायतका काममा व्यस्त छन् ।

को’रोना भा’ईरसको सं’क्रमणबाट जोगिन घरमा मात्रै बस्दा आफ्नो बर्ष दिनसम्म खाने बालीनाली उब्जने खेत बाँझै बस्ने भएपछि सर्तकता अप्नाएर बालीनाली लगाउन र भित्र्याउन किसान लागि परेको दुधौली नगरपालिका–१ बंका निवासी किसान ध्रुब पहाडी बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “को’रोना भा’ईरसको सं’क्रमणबाट जोगित सतर्कता पनि अप्नाएका छौं । धेरै व्यक्ति भिडभाड नगरी दुरी कायम गरी गँहु काट्ना र मकै छर्न किसान व्यस्त छन् ।” को’रोना भा’ईरसको सं’क्रमण भनेर घरमा बस्दा सिजनमा पनि बालीनाली नलगाउदा भोली उल्टै गाँउमा भो’कमरी हुने उहाँको भनाई छ ।

किसान पहाडीले पनि पाँच कठ्ठाभन्दा बढी जमिनमा लगाएको गँहुबालीभित्र्याएर मकै रोपेको सुनाउनुभयो ।

स्थानीय किसानका अनुसार जिल्लाको अन्नभण्डारको रुपमा रहेको कमलाखुँज, मरिण क्षेत्र, तीनपाटन क्षेत्र लगायतका किसानलाई यतिखेर बाली लगाउन र भित्र्याउन भ्याई नभ्याई छ ।

दुधौली नगरपालिका १ का अध्यक्ष गोविन्द पहाडी पनि किसानले उच्च सर्तकता अप्नाएर बालीनाली लगाउन थालेको बताउनुभयो । आकासबाट पानी पनि प्राय परि रहेकोले पाखा भित्ताका बारीमा समेत चिसो भएकोले किसानहरु मकै छर्न व्यस्त भएको उहाँको भनाई छ ।

कृषि ज्ञान केन्द्रका अनुसार सिन्धुली जिल्लामा बर्सेनी छ हजार १५० हेक्टर जमिनमा गहुँ खेती, २७ हजार १६० हेक्टर जमिनमा मकै खेती र दुई हजार १९ हेक्टर जमिनमा तेलहन बालीको खेती हुदै आएको छ ।

प्रतिक्रिया