काठमाडौं १९ चैत – नेपाल आयल निगमले पेट्रोलको मूल्य १० रूपैयाँ घटाएर प्रतिलिटर ९६ रूपैयाँ कायम गरेको छ।
यसअघि १०६ रुपैयाँ प्रतिलिटरमा पेट्रोल बिक्री हुँदै आइरहेको थियो।
त्यसैगरी डिजेल र मट्टितेलको खुद्रा मूल्य पनि १०/१० रूपैयाँ घटाइएको छ।
डिजेल र मट्टितेलको मूल्य ८५ रूपैयाँ कायम भएको छ। यसअघि पनि पेट्रोल, डिजेल र मट्टितेलमा २ रूपैयाँका दरले मूल्य घटाइएको थियो।