सिन्धुली,१९ चैत – कमलामाई नगरपालिका ५ नं. वडा कार्यालयले वि’पन्न तथा गरीव मजदुरहरुको लागत संकलन थाल्ने भएको छ । को’रोना भा’इरस (को’भिड–१९) को सं’क्रमण रोक्न सरकारले ल’कडाउन गरेपछि दैनिक ज्याला मजदुरी गरेर जिविको पार्जन गर्नेहरुलाई राहत वितरणका लागि लागत संकलन थाल्ने भएको हो ।
बुधबार वडा कार्यालयमा वडा अध्यक्ष पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको सर्वदलिय/सर्वपक्षिय बैठकपछि बास्तविक विपन्न मजदुरहरुको लागत संकलन गरेर उनिहरुलाई राहत वितरण गरिने भएको हो । “यसका लागि वडाका सबै बस्तिमा विशेष संयन्त्रमार्फत बास्तविक मजदुरहरुको लागत संकलन गर्ने र उनिहरुलाई राहत वितरणका लागि नगरपालिकाको कार्यालयमा सिफारीस गर्ने निर्णय भएको छ,” वडाअध्यक्ष खड्काले जानकारी दिनु भयो ।

निर्णय अनुसार आगामी शुक्रबारसम्ममा वडाका सबै श्रमिक मजदुरहरुको विवरण संकलन गरेर उनिहरुलाई राहत वितरण गरिने छ । सरकारले ल’कडाउनको समय थप गरेपछि दैनिक ज्याला मजदुरी गर्नेहरुलाई विहान बेलुकाको छाक टार्न समस्या नहोस भन्नका लागि नगर प्रमुख खड्गबहादुर खत्रीको निर्देशन अनुसार वडाबाट लागत संकन गर्न थालिएको उहाँको भनाई छ ।
वडामा कम्तीमा तिन श्रेणीमा विभाजन गरेर श्रमिकहरुको लागत संकलन गरिने छ । दैनिक ज्याला मजदुरी गरेर परिवारको छाकटार्दै आएका, अर्काको सहयोगमा आश्रीत एकल, विपन्न र अपांग व्यक्ति तथा तिनका परिवार, आर्थिक रुपमा अति विपन्न र गरिव परिवारलाई पहिलो प्राथमिकतामा राखेर राहत वितरण गरिने उहाँले भन्नु भयोे ।
यस्तै घर भाडामा बसेका तर, ज्याला मजदुर गर्न नपाएकाहरुलाई दोस्रो प्राथमिकतामा राखेर राहत वितरण गरिने छ भने लकडाउनको कारण नियमित मदजदुरी गर्ने भएपनि आर्थिक जोहो गर्न नसक्दा परिवारमा छाक टार्न समस्या भएकाहरुलाई राहतको लागि सिफारीस गरिने छ ।

नगर क्षेत्रमा श्रमगर्दै बसेका तर, लकडाउनका कारण आफ्नो थातथलो तथा परिवारसम्म पुग्न नसकेकाहरुलाई घरपरिवारसम्म जानका लागि आवश्यक व्यवस्थापन गरिदिन नगरपालिका तथा सुरक्षा निकायसंग समन्वय गर्ने समेत निर्णय भएको खडकाले जानकारी दिनु भयो ।
यस्तै वडामा छिमेकी मुलुक भारत लगायतका विदेशबाट फर्केकाहरुको पहिचान तथा उनिहरुको स्वास्थ्य प’रिक्षणका लागि लागत संकलन गर्ने र ल’कडाउनको उ’लंघन गर्दै गाउँघरको चोक तथा पसलहरुमा जम्मा भई भिडभाड गर्ने र जिल्ला प्रशासन कार्यालयले जारी गरेको नि’षेधाज्ञाको उ’ल्लंघन गर्नेहरुको पहिचान गरि आवश्यक का’रबाहीका लागि जिल्ला प्रहरी कार्यालयलाई अनुरोध गर्ने समेत निर्णय भएको उहाले बताउनु भयो ।
उता त्यस्तो कार्यगर्नेहरुलाई आफ्नो घरमा बसेर कोरोनाको त्रासलाई नियन्त्रणका लागि आ–आफ्नो घरघरमै बसि लकडाउनको पालना गर्न र आफु र आफ्नो परिवारको सुरक्षामा ध्यानदिन वडाअध्यक्ष खड्काले वडा बासि सबैमा उहाँले अनुरोध समेत गर्नु भएकोछ ।