सिन्धुली,१९ चैत –को’रोना भा’ईरसको सं’क्रमण रोकथाम तथा न्युनिकरणका लागि सिन्धुली जिल्लामा भारत तथा तेस्रो मुलकबाट आएका मध्ये १७५ जनालाई होम क्वारेन्टाईनमा राखिएको छ भने एक जनाको आ’इसोले’सन वार्डमा राखेर उ’पचार भई रहेको छ ।
यि मध्ये मंगलबार बेलुकासम्ममा भारतबाट आउनेको संख्या ८३ जना र तेस्रो मुलुकबाट आउनेको संख्या ९३ जना रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले तेस्रो मुलुकबाट आएका ९३ जना मध्ये पनि एक जनामा उच्च ज्वरो र खोकीको स’मस्या देखिएकोले सदरमुकाम सिन्धुलीमाढीस्थित सिन्धुली अस्पतालमा आ’ईसोले’सन कक्षमा राखेर उ’पचार भई रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “बिरामीको अवस्था समान्य रहेको छ । स्वा’ब प’रिक्षण गर्न काठमाण्डौ पठाएको र रिपोर्ट आउने क्रममा रहेको छ ।’ उहाँका अनुसार भारत तथा तेस्रो मुलुकबाट आउनेको लगत संकलन सम्बन्धित गाँउपालिका तथा नगरपालिकाले वडामार्फत गरिएको हो । भारत तथा तेस्रो मुलुकबाट आउने सबैभन्दा बढी कमलामाई नगरपालिकामा ४० जना देखिएका छन । त्यसपछि दुधौली नगरपालिकामा ३९ जना, हरिहरपुरगढी गाँउपालिकामा २९ जना र मरिण गाँउपालिकामा २८ जना देखिएको छ ।
फिक्कल गाँउपालिकामा ११ जना, तीनपाटन गाँउपालिकामा नौ जना, गोलन्जोर र घ्याङलेख गाँउपालिकामा आठ/आठ जना तथा सुनकोसी गाँउपालिकामा चार जना भारत तथा तेस्रो मुलकबाट आउनेको संख्या रहेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो ।
सिन्धुली जिल्लामा सदरमुकाम सिन्धुलीमाढी सहित विभिन्न पालिकामा गरी अहिलेसम्म १७९ वटा क्वारेन्टाईन बेड र ३३ वटा आ’ईसोले’सन कक्ष निर्माण भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । आ’ईसोले’सन कक्षा सबैभन्दा बढी सिन्धुली अस्पतालमा १५ वटा रहेको जनाईएको छ ।
कार्यालयका अनुसार जिल्लामा अहिलेसम्म को’रोना भा’ईरसको सं’क्रमण भएका शं’कास्पद व्यक्ति कसैलाई पनि क्वारेन्टाईनमा राख्नु परेको छैन । तर भारत तथा तेस्रो मुलुकबाट आएका शं’कास्पद व्यक्तिहरुलाई होम क्वारेन्टाईनमा नै राखेर ज्वरो, खोकी लगायतका स’मस्या आए नआएको स्थानीय तह तथा स्वास्थ्य चौकीका प्रमुखमार्फत बुझेर नि’गरानी गर्ने काम भई रहेको छ ।
सिन्धुली अहिलेसम्म उच्च ज्वारो आएका पाच जनालाई सदरमुकाम सिन्धुलीमाढीस्थित जिल्ला अस्पतालमा रहेको आ’ईसोले’न्स वार्डमा राखेर उ’पचार गएिको र उनीहरुको स्वाब परिक्षण गर्दा को’रोना भा’ईरस निगेटिभ देखिएकोले घर पठाईएको पनि प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो ।