शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

बम्जनले बि’रामीको उ’पचारको लागि निःशुल्क यातायातको व्यवस्था गर्ने

बुधवार , चैत्र १९, २०७६

सिन्धुली,१९ चैत – नेपाली काँग्रेस सिन्धुलीका यूवा नेता क्षेत्र बहादुर बम्जनले नि’षेधाज्ञाको समयमा बि’रामीको उ’पचारको लागि निःशुल्क यातायातको व्यवस्था गर्नुहुने भएको छ । विश्वभर फैलिरहेको को’रोना भा’ईरसका कारण जारी गरिएको नि’षेधाज्ञाले बि’रामीलाई उ’पचारको लागि स्वास्थ्य संस्थामा जान गाडी नभएर स’मस्या भएको बेलामा बम्जनले निःशुल्क यातायातको व्यवस्था गर्ने बताउनु भएको हो ।

गत निर्वाचनमा सिन्धुली क्षेत्र नं. २ प्रदेश ख का प्रदेश सभासदको प्रत्यासी तथा निर्माण व्यवसायी समेत रहनु भएको बम्जनले आफ्नो निर्वाचन क्षेत्रका कुनै पनि जनतालाई स’मस्या नहोस भनेर निःशुल्क यातायातको व्यवस्था गर्न थालेको बताउनुभयो । निर्वाचनमा आफ्नो निर्वाचन क्षेत्र मरिण, हरिहरपुरगढी र घ्याङ्लेख गाँउपालिकाका जनताले अमुल्य मत दिएकाले यस्तो सं’कटको बेला उ’पचार गर्न स्वास्थ्य संस्था तथा अस्पताल पु¥याउन यातायातको व्यवस्था गर्ने निर्णयमा पुगेको उहाँले बताउनुभयो ।

विश्वभर म’हामारीको रुपमा रहेको को’रोना भा’ईरसका कारण सरकारले गरेको ल’कडाउनको सबैले पालना गर्न अनुरोध गर्दै बम्जनले सबै नागरिकले धैर्य भएर आफ्नो घरमा सु’रक्षित बस्नु पर्ने बेला आएको बताउनुभयो । उहाँले सबै नागरिकलाई आफ्नो सरसफाईमा ध्यान दिन पनि अनुरोध गर्नुभयो ।

प्रतिक्रिया