शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

‘तपाँई के गर्दै हो ? म त फेसबुकमा व्यस्त छु’

बुधवार , चैत्र १९, २०७६

 

सिन्धुली ,१९ चैत – ल ’कडाउनका कारण यतिबेला विद्यार्थीदेखि कर्मचारीहरु, जनप्रतिनिधिदेखि गृहणीहरु, व्यापारीदेखि होटल व्यवसायीसम्म अधिकांस मानिस घरभित्र थु ’निनु परेको छ । बाहिर नि ’स्किन सक्ने अ ’वस्था छैन । स्वास्थ्य प ’रिक्षण नगरी विदेश गएका व्यक्ति समेत गाउँमा फर्किन थालेपछि त्रा ’सले जनजीवन नै आ ’तंकित भएको छ ।

ल ’कडाउन सुरु भएको नौ दिन बित्दा सबैमा एक खाल’को छ ’टपटी र उ ’कुसमु ’कुस भएको छ । सूचना प्रविधिका कारण दिन बिताउन केही सहज भए पनि सबै स्थानमा त्यसको पहुँच छैन । ल’कडाउनका कारण घरबाहिरको नियमित काम गर्न नपाएपछि अधिकांसको घरभित्रको जिन्दगी रमाईलोसँग बित्ने गरेको पाईएको छ । ल’कडाउनमा रहेकाहरूसँग हालको दैनिकीका बारेमा जिज्ञाशा राख्दा उनीहरूले भन्ने गरेका छन्, “तपाँई के गर्दै हो ? म त फेसबुकमा व्यस्त छु ।”

प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डे पनि ल’कडाउन सुरु भएको पहिलो दिनदेखि नै आफुलाई फोन उठाउन भ्या ’ई नभएको सुनाउनुहुन्छ । उहाँले भन्नुभयो, “दैनिक तीन सय भन्दा बढी फोन आउछ । टेलिफोनमा सम्बन्धित व्यक्तिले विभिन्न खाले स ’मस्या राख्नु हुन्छ । अधिकांस पास उपलब्ध गराई दिए हुन्थ्यो भन्ने हुन्छ । हामी फलाना ठाँउमा रहयौ, मेरो छोराछोरी त्यहा रहे, मेरो परिवारको सदस्यको ढा ’ड दुः ’ख्यो, औषधि उ ’पचार गर्न जान पाए हुन्थ्यो । यस्तै, यस्तै खाल’का टेलिफोन हुन्छ । तीनीहरुको जवाफ दियो, कतिपय सहजीकरण गर्ने खाल’का हुन्छन् ।”

“सु ’रक्षा निकायको नियमिति भेटघाट हरेक दिन गर्छौ । दिनभरीको गतिविधिको समिक्षा गर्छौ । फ्याक्ट कुनै कदम हाम्रो तर्फबाट चाल्नु पर्यो भने अरु स्थानीय तहसँग समन्वय गर्नु पर्यो भने समन्वय गर्छौ,” उहाँले भन्नुभयो, “स्थानीय तहका जनप्रतिनिधिहरुसँग सम्पर्कमा रहेर उहाँहरुले गरेको गतिविधिको अपडेट गर्छौ । जब बेलुका हुनछ, ५ बजेभित्र गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालय र बागमती प्रदेशको आन्तरिक मामिला मन्त्रालयमा रिपोर्टिङ गर्छौ ।”

प्रदेश सभासद एवं नेकपा सिन्धुलीका सचिब प्रदिप कटुवाल पनि सदरमुकाम सिन्धुलीमाढीस्थित पानीट्ङकीमा रहेको आफ्नै नीजि निवासमा दिनचर्या बिताई रहनु भएको छ । सधैं सभा, सम्मेलन, राजनीतिक भेटघाटमा व्यस्त हुनु हुने सभासद कटुवाल वेद, रामायण, मदन भण्डारीको भोलमहरु, संसारका चर्चीत व्यक्तिको किताब पढेर घरभित्रको जीन्दगी बिताउदै आएको बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “फोनबाटै केन्द्र र प्रदेशसँग सम्पर्क गरेर के के कसो कसो छ जिल्लालाई सुविधा दिने । जिल्लालाई स्रोत र साधनको अभाव छ भन्ने गरेको छु । को ’रोना भा’ईरसलाई रो ’कथाम तथा नि ’यन्त्रण गर्न घरबाट बाहिर ननिस्क्यौ, क्वा ’रेन्टाईन आफै बनाऔ, घरमा बसै भन्ने गरेको छु ।”

बाहिरबाट आएका मानिसको लगत लिने र क्वा ’रेन्टाईनमा बस्न सल्लाह, सुझाव दिदै आएको उहाँले सुनाउनुभयो ।

को’रोना भा’इरसको सं’क्रमणको भ’यले ब ’न्दी जीवन बिताइरहेका सिन्धुलीमा रहेका विभिन्न क्षेत्रसँग सम्बन्धित कर्मचारी, जनप्रतिनिधि, सर्बसाधारण, व्यापारी, विद्यार्थी र गृहणीहरुले सामाजिक सञ्जालको भरपुर उपयोग गरि रहेका छन् । प्रवेशिका परीक्षाको तयारीमा रहेका विद्यार्थीले पाठ अभ्यास गरेर दिन बिताउने गरेका छन् ।

नेपाली काँग्रेस सिन्धुलीका सचिब कृष्णप्रसाद दाहालले समय विभाजन गरेर दिन बिताउने गरेको बताउनुभयो ।

उहाँले घरायसी कामबाहेक टेलिभिजन हेर्न तथा धार्मिक किताब रामायण, भागवत जस्ता किताब पढेर र फेसबुकमा कोरोना भा’ईरस सम्बन्धि जनचेतनामूलक गित एवं कबिता गायर दिन बिताउने गरेको सुनाउनुभयो ।

तीनपाटन गाँउपालि’काका अध्यक्ष कर्णबहादुर थापामगरको दिनचर्या पनि अरुको भन्दा कम छैन । उहाँले भन्नुभयो, “ल’कडाउन घोषणा भएकै दिनदेखि छिटफुट भन्दा मान्छे हिडेका छैनन् । बजार ठ’प्प छ । पसल ब’न्द छ । स्वास्थ्यकर्मी र प्रहरी प्रशासन परिचालन गरेका छौं । दिनचर्या बढो कठिन छ ।”

“बिहान एक पटक बजार अ ’नुगमन गर्छु । त्यसपछि एक घण्टा जति लाम्पन्टार प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरुसँग बसेर भलाकुसारी गरी के के भई रहेको छ सबैतीर, बुझ्छु” उहाँले थप्नुभयो । त्यसपछि घरमा आएर ११ वटै वडाका सबैतीर फोनबाट गतिविधि बुझ्छु । आफु नेपाली काँग्रेस पार्टीको क्षेत्रीय सभापति समेत भएकाले पार्टीका साथीहरुसँग पनि सम्पर्कमा हुन्छ । बेलुकाखेरी एकछिन आराम गरेपछि समाचार सुनेर सुत्ने गरेको छु ।

यता, कमलामाई नगरपालि’काका सूचना अधिकारी सागरकुमार ढकालले पनि अहिलेको ल’कडाउनको समयलाई भरपुर उपयोग गर्नु भएको छ । ल’कडाउन आफ्नो लागि अहिलेसम्मकै ठूलो उपलब्धी भएको उहाँले सुनाउनुभयो । सूचना अधिकारी ढकालले यो समयमा आफुले बढ्ता किताब पढेर दिन बिताउने गरेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले मैले झण्डै एक हजार पेजको जर्मन हिस्ट्री पढ्दै छु । रसियन हिस्ट्री पढी सके । रसियन हिस्ट्री पिटर द ग्रेटको पालादेखि मिखाईल गोर्भाचोकको सुधारसम्म पढी सके ।” अहिलेसम्म छोरोसँग लामो समयसम्म बस्न नपाएको र ल’कडाउनको समयमा सँगै बसेर नजिकबाट छोरोलाई चिन्ने मौका मिलेको उहाँको भनाई छ ।

“कसरी पढी रहेको छ ? के गर्दै छ ? उस्को बिचार के छ ? भविष्यमा के हुन्छ ? को ’रोनालाई कसरी बुझेको छ ? भन्ने बुझ्न पाए,” सूचना अधिकारी ढकालले सुनाउनुभयो । सधै भेट गर्न पाउदा सबैभन्दा बढी आमा खुशी हुनु भएको उहाँले बताउनुभयो ।

यस्तै सिन्धुली उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष अर्जुन श्रेष्ठलाई भने ल’कडाउनको समयमा घर बाहिरको पनि काम गरेर भ्याई नभ्याई छ । विभिन्न सरकारी कार्यालयमा दैनिक हुने बैठकमा सहभागि भएर र बिहान ११ बजेपछि सुपथ मूल्यको घुम्ती पसलमा सामान बिक्री हिडेर नै दिन बित्ने गरेको उहाँले बताउनुभयो ।

प्रथम उपाध्यक्ष श्रेष्ठले भन्नुभयो, “अरु समय घरमा परिवारसँग बिताउछु । दैनिक उपभोग्य सामान बेच्ने गरेकोले बाहिरका साथीले सामान खोजेभने पसल खोलेर दिने गरेको छु । सधै सामाजिक काममा नै व्यस्त हुन्छु ।”

उता होटल व्यवसायि संघका सचिब सिताराम पहाडी परिवारसँग बसेर नै ल’कडाउनको समय बिताउने गरेको सुनाउनुहुन्छ ।

“सबैतीर ठ ’प्प छ, होटल ब’न्द गरेर बस्नुको बि ’कल्प नै छैन,’ उहाँले भन्नुभयो, ‘आफुलाई थाहा भएसम्म को’रोना भा’ईरसको सं’क्रमणबाट जोगिन आफन्त र साथी भा’ईहरुलाई सल्लाह दिने गरेको छ ।”

[contact-form][contact-field label="Name" type="name" required="true" /][contact-field label="Email" type="email" required="true" /][contact-field label="Website" type="url" /][contact-field label="Message" type="textarea" /][/contact-form]

एसईई परीक्षाको तयारीमा रहनु भएकी छात्रा मल्लागाँउ निवासी समिक्षा देवकोटाले अधिकांश समय परीक्षाको तयारीमा बिताउने गरेको बताउँदै ल’कडाउन छिटो हटेर परीक्षा सकिने दिनको प्रतीक्षामा आफू रहेको सुनाउनुभयो ।

प्रतिक्रिया