शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीमा प्रहरीद्वारा नियमित माइकिङ

मंगलवार , चैत्र १८, २०७६

सिन्धुली ,१८ चैत– कोरोना भाईरस् अर्थात कोभिड १९ नियन्त्रणमा पूर्वसावधानी अपनाउन सिन्धुली प्रहरीले नियमितरूपमा माइकिङ गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक रन्जु सिग्देलका अनुसार कोरोना भाइरससम्बन्धी स्वास्थ्य मन्त्रालयको मापदण्डबमोजिम रोग नियन्त्रणम पालना गर्नुपर्ने नीतिका बारेमा नेपाल प्रहरीमार्फत स्थानीय बासिन्दामा जागरण गराउन नियमित माइकिङ गर्ने काम तीव्ररूपमा अगाडि बढाइएको हो । स्थानीय बासिन्दाले घरघरमा सुन्ने गरी प्रहरीको भ्यान तथा मोटर साइकलबाट माइकिङ गरिएको र लकडाउन सिन्धुलीबासीले पुर्णरूपमा पालना गरिरहेको प्रहरी उपरीक्षक सिग्देलले बताउनुभयो ।

जनताको सुरक्षाका लागि मरिण गाँउपालिकाको कपिलाकोट, गोलन्जोरको खुर्कोट, दुधौलीको डाकाहा लगाएतका ठाउँमा कोरोना भाईरस् अर्थात कोभिड १९ नियन्त्रणमा पूर्वसावधानी अपनाउन नियमितरूपमा माइकिङ गरिएको प्रहरी उपरिक्षक सिग्देलले बताउनुभयो । माइकिङ मार्फत लकडाउनका बेला घर बाहिर ननिस्कन, खाद्यान्न, औषधी लगाएत अति आवश्यक दैनिक उपभोग्य सामान किन्दा दुरी कामय गरी पर पर बस्न, थप भएको लकडाउनको अवधी, कोरोना भाईरसबाट बच्ने उपायहरुका बारेमा आम सर्वसाधारणहरुलाई सुचना दिने गरेको उहाँले बताउनुभयो ।

कतिपयले लकडाउन भनेको बाटोमा मात्रै ननिस्कनु त हो नि भन्दै घरमा बस्दा पनि भिडभाड गर्ने, साथीभाईहरु जम्मा भएर पार्टी, पिंकनिक जाने गर्नाले पनि कोरोना भाईरस सर्न सक्ने भएकाले यस्तो कार्य नगर्न उहाँले आग्रह गर्नुभयो ।

प्रतिक्रिया