शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सुनकोशीले एम्बुलेन्स चालकको ५ लाखको दुर्घटना बिमा गरिदिने

मंगलवार , चैत्र १८, २०७६

सिन्धुलीर१८ चैत –सिन्धुलीको सुनकोशी गाउपालिकाले पालिका भित्रका एम्बुलेन्स चालकहरुको ५ लाखको र्दुघटना बिमा गर्ने निर्णय गरेको छ ।

गाँउपालिकाको मंगलवार बसको बैठकले गाउपालिकाको ५ वटा एम्बुलेन्सका ५ जना चालक र आत्मीय सामुदायिक अस्पताल खल्टेको एक जना एम्बुलेन्स चालक गरी ६ जनाको विमा गर्ने निर्णय गरेको हो । विश्वभर फैलिरहेको कोरोना भाईरस अर्थात कोभिड –१९ को जोखिमका बेलामा पनि विरामीको सेवामा खट्ने चालकहरुको प्रोत्साहनका लागि उनीहरुको बिमा गर्ने निर्णय गरिएको सुनकोशी गाउपालिका अध्यक्ष दिपा बोहोरा दाहालले बताउनुभयोे ।

कोरोना भाईरसका शंकास्पद विरामीहरुलाई उपचारका लागि स्वास्थ्य संस्था लैजादा दुर्घटना भएमा र एम्बुलेन्स चालकलाई नै कोरोना भाईरस्को संक्रमण भएमा चालकले बिमा रकम पाउने उहाँले बताउनुभयो ।

कोरोना भाइरस (कोभिड–१९)को शकास्पद विरामी एम्बुलेसन्समा राखेर अस्पताल लैजादा लगाउन विशेष प्रकारको पोसाक पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) एक/एक सेट वितरण गरिएको छ । आज कोरोना भाईरस्का शस्कापद विरामी बोकेर लैजादा उपनाउनुपर्ने उपाय, पिपिई प्रयोग गर्ने तरिका, पिपिई सेटको महत्व लगाएतका बारेमा जानकारी गराउदै एम्बुलेन्स चालकहरुलाई पिपिई सेट वितरण गरिएको उहाँले बताउनुभयो । चालक र एम्बुलेन्स भित्र छिट्नका लागि सेनिटाईजर पनि वितरण गरिएको छ ।

प्रतिक्रिया