शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीमा एम्बुलेन्स दुर्घटना हुदाँ ६ जना घाईते

सोमवार , चैत्र १७, २०७६

सिन्धुली, १७ चैत – विपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका –७ माझीटारमा एम्बुलेन्स दुर्घटना हुदाँ ६ जना घाईते भएका छन् । काठमाडौबाट धनुषा तर्फ जांदै गरेको ज १ च ७७७ नं को एम्बुलेन्स आफै अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा धनुषाको सबैला नगरपालिका –४ पटेर्वाका २१ बर्षिया अनिल यादब, २० बर्षिया सन्जु यादब, ३० बर्षिया मदन यादब, २८ बर्षिया श्रीराम यादब, सिराहाको मिर्चेया नगरपालिका –३ राँगेका २५ बर्षिया सुसिला यादब र सोही ठाउँका ३५ बर्षिया संजिब कुमार यादव घाईते भएको सिन्धुलीका प्रहरीनायव उपरिक्षक श्याम बहादुर खत्रीले जानकारी दिनु भयो ।

धनुषाको सबैला नगरपालिका –४ पटेर्वाका २१ बर्षिया अनिल यादब विरामी भएर काठमाडाँैंको बयोदा अस्पताल बल्खुमा उपचार पश्चात डिस्चार्ज भई उहाँहरु सबै एम्बुलेन्समा घर फर्कनु भएको थियो । उहाँहरुको टाउको, हात खुट्टा लगाएतका ठाउँमा सामान्य चोक लागेको र अवस्था सामान्य रहेकाले सिन्धुली अस्पतालमा उपचार भईरहेको प्रहरी नायवउपरिक्षक खत्रीले जानकारी दिनु भयो ।

प्रतिक्रिया