शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

दुधौलीमा तीनसय अवैध घरेलु मदिरा नष्ट

आइतवार , चैत्र १६, २०७६

सिन्धुली,१६ चैत – सिन्धुलीको दुधौली नगरपालिकाका विभिन्न स्थानबाट बरामद गरेको अवैद्य रुपमा उत्पादित तीन सय लिटर घरेलु मदिरा प्रहरीले बरामद गरेको छ ।

प्रहरी चौकी दुधौलीले आईतबार अवैध घरेलु मदिरा नष्ट गरेको छ । दुधौली नगरपालिकाको विभिन्न वडाहरुबाट संकलन भएको ३ सय लिटर मदिरा नष्ट गरेको हो ।

संकलित मदिरा दुधौलीको वडा नम्बर ७,८, ११ र १४ का विभिन्न टोलबाट बरामत गरिएको दुधौली प्रहरी चौकीका प्रमुख प्रकासजंग थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुधौली–८ का वडाअध्यक्ष मोहनचन्द्र दाहाल, दुधौली नगर उद्योग वाणिज्य संघका प्रतिनिधि वृजनारायण शाह, पत्रकार लगाएको उपस्थितीमा मदिरा नष्ट गरिएको हो ।

प्रतिक्रिया