शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुली उद्योग बाणिज्यद्वारा घुम्ति पसल सञ्चालन

आइतवार , चैत्र १६, २०७६

सिन्धुली,१६ चैत – सिन्धुली उद्योग बाणिज्य संघले सिन्धुलीको कमलामाई नगरपालिकाको क्षेत्र भित्र लकडाउनको समयमा उपभोक्ताको घर–घरमा दैनिक उपभोग्य बस्तु पुर्‍याउन सुपथ मूल्यको घुम्ति पसल सुरु गरेको छ ।

कमलामाई नगरपालिकामा शनिबार बसेको सर्बपक्षिय बैठकले उक्त पसल सञ्चालन गर्ने जिम्मा सिन्धुली उद्योग बाणिज्य संघलाई दिएको छ । सुपथ मूल्यको घुम्ति पसल आईतबार कमलामाई नगरपालिकाको मिलन चौक, सांगबाले, खट्टार, कुडुले र डाडी क्षेत्रमा सञ्चालन गरिएको उद्योग बाणिज्य संघले जनाएको छ ।

संघका बरिष्ठ उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठले नगर क्षेत्रका भित्री गाँउलाई लक्षित गरी उक्त पसल सञ्चालन गरेको बताउनुभयो । लकडाउनले उपभोक्ताको घरमा दैनिक उपभोग्य सामाग्रीको अभाव हुन थालुेपछि घुम्ती पसल सुरु गरिएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहिले माईकिङ गरी प्रचार प्रसार गर्छौ । त्यसपछि जहा आवश्यक छ, त्यहाँ पु¥याउछौं ।चामल, दाल, चिनी, तेल, आलु, बिस्कुट लगायतका उपभोग्य बस्तु ट्रक जाने बाटोसम्म उपभोक्ताको घरमा पुर्‍याउछौं ।”

लकडाउनको समय नसकिउन्जेल घुम्ति पसल सञ्चालन गरिने पनि उहाँको भनाई छ । खाद्यान्न सामान किन्ने बाहानामा नागरिक घरबाट बाहिर निस्कन थालेकाले नगरपालिकाले घर घरमै पुग्ने गरी घुम्ति पसल सेवा सुरु गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

कमलामाई नगरपालिका १४ वटै वडामा घुम्ति पसल सञ्चालन हुने नगरपालिकाका सूचना अधिकारी सागरकुमार ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया