शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

कमलामाईले छर्कियो ‘डिसइन्फेक्सन स्प्रे’( हेर्नुस भिडियो)

शनिवार , चैत्र १५, २०७६

सिन्धुली, १५ चैत – सिन्धुलीको कमलामाई नगरपालिकाले सार्वजनिक स्थानमा डिसइन्फेक्सन स्प्रे छर्किन सुरु गरेको छ । कोरोना भाइरसको संक्रमण फैलन नदिनका लागि नगरपालिकाले शनिवार दिउसो देखि ‘डिसइन्फेक्सन स्प्रे’ छर्किन सुरु गरेको हो ।

 

नगरपालिकाले अहिले सम्म स्टलबजार, एक नम्बर बजार, दुई नम्बर बजार, हस्पीटल रोड लगाएतका ठाउँमा ‘डिसइन्फेक्सन स्प्रे’ छर्किसकेको नगरपालिकाका सुचना अधिकारी सागर कुमार ढकालले जानकारी दिनु भयो । अहिले धुराबजारमा छर्किन सुरु गरिएको उहाँले बताउनु भयो ।

“नगरका मुख्य मुख्य बजार क्षेत्रहरुमा र मानिसको धेरै भिडभाड हुने ठाउँमा यो ‘डिसइन्फेक्सन स्प्रे’ छर्किने हो । ‘डिसइन्फेक्सन स्प्रे’ ले किरा, ब्याक्टेरिया, भाईरस् मार्छ र कोरोना भाईरस्लाई फैलिन दिदैन”उहाँले भन्नु भयो । नगरप्रमुख खड्ग बहादुर खत्री, प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुवेदीले ‘डिसइन्फेक्सन स्प्रे’छिर्केर यो अभियान सुरु गरेका हुहो ।

विश्वभर कोरोना भाईरस(कोभिड–१९)माहामारीको रुपमा फैलिरहेको बेला स्थानिय सरकारको तर्फबाट माहामारी रोकथामका लागि ‘डिसइन्फेक्सन स्प्रे’ छर्किएको नगरप्रमुख खड्ग बहादुर खत्रीले बताउनु भयो ।

नगरपालिकाले नगरको दमकले ‘डिसइन्फेक्सन स्प्रे’ छर्किएको छ । नगरपालिकाले नगरका मुख्य बजारहरु माढीबजार, धुराबजार, शान्तिनगर, ढुग्रेवास, मधुटार, भिमान लगाएका ठाउँमा ‘डिसइन्फेक्सन स्प्रे’ छर्कने सुचना अधिकारी ढकालले जानकारी दिनु भयो।

हेर्नुस भिडियो :

प्रतिक्रिया