शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

कमलामाईमा आज देखि सुलभ घुम्ति पसल सेवा सुरु

शनिवार , चैत्र १५, २०७६

सिन्धुली १५ चैत – लकडाउनले नागरिकको घरमा दैनिक उपभोग्य सामाग्रीको अभाव हुन थालेको भन्दै लकडाउनको पाचौं दिन कमलामाई नगरपालिकाले सुलभ घुम्ति पसल सेवा सुरु गरेको छ । नगरभित्रका नागरिकलाई सहज र सुलभ मुल्यमा खाद्यान्न तथा दैनिक उपभोग्य सामान आपूर्तिका लागि नगरपालिकाले शनिबारदेखि नै उक्त सेवा सुरु गरेको हो ।

खाद्यान्न सामान किन्ने बाहानामा नागरिक घरबाट बाहिर निस्कन थालेकाले नगरपालिकाले घर घरमै पुग्ने गरि घुम्ति पसल सेवा सुरु गर्ने निर्णय गरि सेवा सुरु गरेको जनाएको छ ।

कमलामाई नगरपालिकाका प्रमुख खड्ग बहादुर खत्रीको अध्यक्षतामा शनिबार विहान बसेको सर्वपक्षिय बैठकले उक्त निर्णय गरेको हो । “अतिआवश्यक सामान किन्ने बाहनामा नागरिकहरु सडकमा निस्कन थालेपछि नगरपालिकाले घर घरमै पुग्ने गरि घुम्ति पसल सेवा सुरु गर्ने निर्णय गरि सेवा सुरु गरेको हो ।” कमलामाई नगरपालिकाका प्रमुख खड्ग खत्रीले भन्नुभयो । पसलको व्यवस्थापनको जिम्मा सिन्धुली उद्योग वाणिज्य संघलाई दिईएको छ ।

प्रतिक्रिया