शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीका उपभोक्ताले लकडाउनमा पाए आधा सिलिण्डर ग्यास

शनिवार , चैत्र १५, २०७६

सिन्धुली,१५ चैत – सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीमा शनिबार उपभोक्ताले आधा सिलिण्डर ग्यास पाएका छन् ।

कोरोना संक्रमण जोखिमको समेत पर्वाह नगरी उपभोक्ताहरुले ग्यास लिएका छन् । सदरमुकाममा नोबेल ग्यास बितरण गरिएको हो । बजारमा ग्यास आएको खवर हुनासाथ उपभोक्ताहरु आफ्ना रित्ता सिलिण्डर लिएर डिलरमा पुगेका थिए ।

ढुंग्रेबास निवासी उपभोक्ता सन्तोष दाहालले लकडाउनको समयमा आधा सिलिण्डर ग्यास पाउदा पनि उपभोक्ता खुशी भएको बताउनुभयो । उहाँले ग्यास बितरणले वास्तविक उपभोक्ताहरुले ग्यास सहज पाएका बताउनुभयो । घर तथा पसलमा ग्यास मौज्दात भएपनि हाहाकार हुनसक्ने भयले गर्दा कतिपय उपभोक्ताहरुले जम्मा गरेर समेत राखेका छन् ।

कमलामाइ नगरपालिकाको ढुंग्रेवास, माढीबजार, धुराबजार, मिलनचौक, भिमान लगाएतका स्थानमा ग्यास बितरण भएको थियो । सदरमुकाम बाहिरका दुधौली, खुर्कोट, झागाझोली रातमाटामा समेत ग्यास बितरण गरिएको छ । आधा सिलिण्डर दुइ हजार ग्यास बितरण भएको डिलरहरुले जनाएका छन् । जम्माखोरी नगर्ने हो भने ग्यास सबैलाइ पुग्ने र हाल कुपन मार्फत बिक्री भैरहेको विक्रेताले जनाएका छन् । ग्यास मात्र नभएर बिहान, वेलुका पारेर खाद्यान्ह तथा तरकारी समेत उपभोक्ताले सहज पाएका छन् ।

प्रतिक्रिया