शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीमा ७८ बेडको क्वारेन्टाईन, २० बेडको आईसोलेसन निर्माण

शनिवार , चैत्र १५, २०७६

घ्याङलेख गाउपालिकामा निर्माण गरीएको क्यारेन्टाईन

सिन्धुली१५ चैत – विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाईरस्(कोभिड–१९) का संकास्पद विरामीहरुलाई राखेर उपचार गर्न सिन्धुली जिल्लाभर ७८ बेडको क्वारेन्टाईन, २० बेडको आईसोलेसन बेड निर्माण गरिएको छ । सिन्धुलीका प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले शुक्रवार जारी गरेको प्रेस नोटमा सिन्धुलीका सबै स्थानिय तहहरुले र जिल्ला अस्पतालले गरी ७८ बेडको क्वारेन्टाईन, १६ बेडको आईसोलेसन बेड निर्माण भएको जानकारी दिनुभएको हो । कोरोनाको माहामारी रोकथाम तथा नियन्त्रणका लागि पुर्व तयारीमा जुटेका स्थानिय सरकारहरुले क्योरन्टाईन र आईसोलेसन वार्ड बनाउन जोड दिएका छन् । सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीमा रहेको भूसंरक्षण कार्यालयको भवनमा ३९ बेडको क्वारेन्टाईन स्थल निर्माण गरिएको छ । कमलामाई नगरपालिका, नेपाली सेनाको बद्र्धबहादुर गण, सिन्धुली अस्पताल र नेपाल रेडक्रस सोसाईटी शाखा सिन्धुलीको सक्रियतामा उक्त क्वारेन्टाईन निर्माण गरिएको नगरपालिकाका सूचना अधिकारी सागरकुमार ढकालले बताउनुभयो । उहाँका अनुसार अहिले ३९ वटा शय्याको क्वारेन्टाईन निर्माण भए पनि आवश्यकता अनुसार अरु १० वटा बेड थप्न आवश्यक सबै सामग्री तयारी अवस्थामा राखिएको छ । दुधौली नगरपालिकामा १० बेडको क्वारेन्टाईन, २ बेडको आईसोलन कक्ष, गोलन्जोर गाउपालिकामा २० बेडको क्वारेन्टाईन, २ बेडेको आईसोलेसन कक्ष, तिनपाटन गाउपालिकामा ७ बेडको आईसोलेसन कक्ष तयार गरिएको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी तथा विपद् व्यवस्थापन समितिका संयोजक योगेन्द्र प्रसाद पाण्डेले जानकारी दिनुभयो । मरिण गाउपालिकामा ४ बेडको क्यारेन्टाईन, २ बेडेको आईसोलेसन कक्ष, हरिहरपुरगढी गाउपालिकामा ५ बेडेको क्यारेन्टाईन तयार भएको उहाँले जानकारी दिनुभयो । जिल्लाको सुनकोसी गाउँपालिकाको सहयोगमा खाल्टे स्थित आत्मीय सामुदायिक अस्पतालमा दुई बेड र प्राथमिक स्वास्थ्य चौकी रातमाटामा दुई बेडको आइसोलेसन बेड स्थापना गरिएको छ । जिल्लामा यस अघि सिन्धुली अस्पतालले तिन बेडको आइसोलेसन तयार गरी संचालनमा ल्याएको छ । घ्याङलेख गाउपालिकामा १३ बेडको क्यारेन्टाईन निर्माण गरीएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम कुमार कार्कीले जानकारी दिनुभयो । फिक्कल गाउपालिकाले ६ स्वास्थ्य संस्थामा हेल्थ डेक्स स्थापना गरेको छ । मध्यपहाडी लोकमार्गमा नागथान खाङ्गसाङ्ग र वाक्सुमा हेल्थ डक्स राखिएको गाउपालिका उपाध्यक्ष पार्वति सुनुवारले जानकारी दिनुभयो ।

प्रतिक्रिया