सिन्धुली ,१४ चैत – सिन्धुलीको कमलामाई नगरपालिकाले दैनिक ज्यालादारीमा निर्भर रहेका नागरिकका लागि तत्काल राहत प्याकेज ल्याउन तयारी सुरु गरेको छ ।
दिनभर काम गरेर साँझ खाने वर्गलाई लक डाउनले सबैभन्दा बढी असर पुर्याएकाले बास्तविक तथ्यांक संकलन गरेर मात्रै राहातको प्याकेज ल्याउने नगरप्रमुख खड्ग बहादुर खत्रीले जानकारी दिनु भयो ।
दिनभर काम गरेर साँझ खाने श्रमिकहरुको बास्तविक तथ्यांक संकलनका लागि नगरको १४ ओटै वडाहरुलाई आग्रह गरिएको नगरप्रमुख खत्रीले बताउनुभयो । राहातको दुरुपयोग नहोस् भन्नका लागि पहिला बास्तविक तथ्यांक संकलनमा जोड दिईएको नगरप्रमुख खत्रीको भनाई छ । लकडाउनले गर्दा दैनिक मदजुरी गरेर खाने बर्गहरुले खान नपाएको तथ्यांक आउन साथ यो राहात वितरण गर्ने उहाँको भनाई छ ।