सिन्धुली, १४ चैत – सिन्धुलीका एक घरबेटीले कोरोनाको संक्रमणका कारण डेरावालाहरु समस्यामा परेको भन्दै एक महिनाको घरभाडा मिनाहाको घोषणा गर्नु भएको छ ।
सिन्धुलीको कमलामाई नगरपालिका –६ रातमाटा घर भएका चन्द्रनाथ गौतमले एक महिनाको भाडा नलिने बताउनु भयो् । उहाँ सिन्धुलीको मरिण गाउँपालिका वडा नं. २ का निर्वाचित वडा अध्यक्ष समेत हो ।
घरबेटीले एक महिनाको भाडा नलिने बताएको उहाँको घरमा बस्दै आएका एक विद्यार्थी बविता परियारले जानकारी दिनु भयो । “हामीले हरेक महिना उहाँहरुलाई घरभाडा दिने गर्ने गरेका थियौं, उहाँले फोन गरेर एक महिनाको कोठाभाडा
हामी लिदैनौं भन्नुभयो” परियारले भनिन् । गौतम्को परिवारको साढे २ तला घरमा ३ परिवार बस्दै आएका छन् । विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाईरस्का कारण विषमपरिस्थिती सिर्जना भएको अवस्थामा विद्यार्थीहरुलाई सहज होस् भनेर घरभाडा मिनाहा गरेको उहाँले बतउनु भयो ।