सिन्धुली, १३ चैत– सिन्धुली अस्पतालमा कोभिड–१९ को आशंकमा आइसोलेशनमा राखेर उपचार गरिएका बिरामीमा कोरोना नभएको पुष्टि भएको छ । काठमाडौ टेकुस्थित केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा गरिएको कोभिड–१९ नेगेटिभ भेटिएको अस्पतालका प्रवक्ता डा प्रसन्न राजभण्डारीले जानकारी दिनुभयो ।
सिन्धुलीको कमलामाई नगरपालिका–२ अमले निवासी १९ बर्षिय यूवा लाई मंगलबारदेखि सिन्धुली अस्पतालमा आईसोलेसनमा राखेर उपचार सुरु गरीएकोे थियो ।
बुधवार आइसोलेशनमा भर्ना गरिएको कमलामाई नगरपालिका १२ का एक पुरुषको भने रिर्पोट आउन बाँकी रहेको उहाँले बताउनु भयो ।